Comments Add Comment

बालिका बलात्कारको आरोपमा म्याग्दीमा ३ जना पक्राउ

९ जेठ, काठमाडौं । म्यादी प्रहरीले सामुहिक बलात्कारमा संलग्न भएको आरोपमा ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बेनी नगरपालिका-५ का २६ वर्षीय कृष्ण बिक, २१ वर्षीय विकास किसान र १९ वर्षीय प्रेम किसान रहेका छन् । प्रेम र विकासलाई पक्राउ गरिसकेपछि कृष्णलाई बागलुङ जाँदै गर्दा इलाका प्रहरी कार्यालय दरवाङले रुमबाट पक्राउ गरेको हो ।

गत मंगलबार रातको १२ बजे १५ वर्षीया बालिकालाई पिसाव फेर्न घर बाहिर निस्किएको बेला सामुहिक बलात्कार गरेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको म्याग्दी प्रहरीले बताएको छ ।

पक्राउ परेका तीनै जनाविरुद्ध जबरजस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment