Comments Add Comment

कांग्रेसको जागरण अभियान सफल हुन्न : तरुण दल महासचिव शाही

९ जेठ, बुटवल । नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले मातृ पार्टी नेपाली कांग्रेसले संचालन गरेको राष्ट्रिय जागरण अभियान सफल नहुने दावी गरेका छन् ।

पार्टीले थालेको जागरण अभियान सकारात्मक भए पनि तरुण दल र नेविसंघको खुट्टा बाँधेर अभियान थालिएकाले सफल नहुने बताए । ‘कांग्रेसको जागरण अभियान सकारात्मक हो तर पार्टीका मेरुदण्ड मानिने तरुण दल र नेविसंघको खुट्टा बाँधिएको छ’ प्रेस युनियन रुपन्देहीले बुटवलमा गरेको पत्रकार भेटघाटमा महासचिव शाहीले भने, ‘पार्टीको मेरुदण्डको खुट्टा बाँधेर थालिएको अभियान सफल हुन सक्दैन ।’

शाहीले मुलुकमा भ्रस्टाचार वढेको र प्रधानमन्त्री केपी शर्मा ओली नै भ्रष्टाचारको कमाण्डर भएको आरोप लगाए । अहिलेको सरकारले जनताको हितका लागि भन्दा पनि पार्टीको फाइदाका लागि काम गरेको आरोप उनले लगाए ।

भ्रष्टाचारमा कांग्रेस पार्टीकै नेताको संलग्नता भएपनि कारवाही गर्नुपर्नेमा उनले जोड दिए । सरकारप्रति जनतामा निराश बढेको भन्दै उनले कांग्रेसले अब जनताको मन जित्ने गरी काम गर्नुपर्ने धारणा राखे । पार्टीमा गुटबन्दी देखिए पनि तरुण दलमा त्यो नहुने उनको दावी थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment