Comments Add Comment

न्युजिल्यान्डसँग भारतको लज्जास्पद हार

Photo Credit : आईसीसी

१२ जेठ, काठमाडौं । विश्वकपको तयारीको लागि अभ्यास खेलमा न्युजिल्यान्डसँग भारतले लज्जास्पद हार ब्यहोरेको छ ।

लन्डनमा शनिबार राति भएको अभ्यास खेलमा न्युजिल्यान्डसँग भारत ६ विकेटले पराजित भएको हो । भारतले दिएको १८० रनको झिनो लक्ष्य न्युजिल्यान्डले ३७.१ ओभरमा चार विकेटको क्षतिमा भेटायो ।

न्युजिल्यान्डका लागि रोस टायलरले ७१ रन बनाए । त्यस्तै, कप्तान केन विलियम्सनले ६७ रन बनाए । ओपनर मार्टिन गुप्टिल २२ र कोलिन मुनरो चार रनमा आउट हुदा न्युजिल्यान्ड निकै दबाबमा आएको थियो । तर कप्तान केन र टायलरले उकासेका थिए । त्यस्तै, हेनरी निकोलसले अविजित १५ रन बनाए ।

यसअघि टस जितेर ब्याटिङ गरेको भारतले खराब सुरुवात गर्दै ३९.२ ओभरमा सबै विकेटको क्षतिमा १७९ रन मात्रै बनाएको थियो । भारतका लागि रविन्द्र जडेजाले ५४ रन बनाउँदै भारतलाई उकास्ने कोशिस गरेका थिए । त्यस्तै, हार्दिक पाण्ड्याले ३०, कुलदिप यादवले १९ र कप्तान विराट कोहलीले १८ रन रन बनाए ।

भारतको ब्याटिङलाई ध्वस्त पार्ने क्रममा न्युजिल्यान्डका टे्रन्ट बोल्टले चार विकेट लिए । त्यस्तै, जेम्स निशामले तीन विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment