Comments Add Comment

बायर्न म्युनिखले जित्यो जर्मन कप

१२ जेठ, काठमाडौं । बायर्न म्युनिखले जर्मन कपको फाइनलमा लिपजिगलाई पराजित गर्दै उपाधि जितेको छ ।

शनिबार राति भएको खेलमा बायर्न म्युनिखले लिपजिगलाई ३-० गोल अन्तरले पराजित गर्दै उपाधि जित्न सफल भएको हो । बायर्नलाई उपाधि दिलाउनका लागि रोबेर्टो लेवान्डोस्कीले दुई गोल गरे । त्यस्तै, एक गोल किंग्स कोम्यानले गरे ।

खेलको २९औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई १-० गोलको अग्रता दिलाए । पहिलो हाफमा एक गोलले अघि रहेको बायर्नले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो । खेलको ७८औं मिनेटमा कोम्यानले गोल गर्दै बायर्नलाई २-० गोलको अग्रता दिलाए ।

लिपजिगमाथि निकै आक्रमक खेल खेलेको बायर्नले खेलको ८५औं मिनेटमा अर्को गोल थप्न सफल भयो । यो पटक पनि लेवान्डोस्कीले नै गोल गरे । उनको व्यक्तिगत दोस्रो गोलसँगै बायर्नले जर्मन कप फुटबलको उपाधि उचालेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment