+
+
Shares

राजीनामा दिने राहुल गान्धीको प्रस्ताव अस्वीकृत

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ ११ गते १८:०३

काठमाडौं । लोकसभा चुनावमा व्यहोरेको हारपछि कांग्रेस अध्यक्ष राहुल गान्धीले राजीनामा दिने प्रस्ताव राखेका छन् । तर कांग्रेस कार्यसमितिले त्यसलाई अस्वीकार गरेको छ ।

लोकसभा चुनावमा कांग्रेसले नराम्रो हार व्यहोरेको छ । उसले थुप्रै राज्यमा खाता समेत खोल्न सकेन र जम्मा ५२ सिट जितेको छ । चुनावमा निराशाजनक प्रदर्शनपछि राहुलको नेतृत्व क्षमतामाथि प्रश्न उठेको छ ।

चुनावपछि बसेको कांग्रेस कार्यसमितिको बैठकमा राहुलले पद छोड्ने प्रस्ताव राखेका थिए । प्रवक्ता रणदीप सिंह सुरजेवालालले भनेका छन्, ‘कांग्रेस अध्यक्षले राजीनामाको प्रस्ताव राखे तर, कार्यसमितिले एक स्वरले खारेज गरेको छ । किनकी अहिले उनको नेतृत्व आवश्यक छ ।

बैठकमा यूपीए अध्यक्ष सोनिया गान्धीसहित वरिष्ठ नेताहरु थिए । बैठकले चुनावी नतिजालाई स्वीकार गर्ने निर्णय गरेको प्रवक्ता रणदीप सिंह सुरजेवालाले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?