Comments Add Comment

भारतीय कांग्रेसको हारबाट पाठ सिकौंः रामचन्द्र पौडेल

११ जेठ, दार्चुला । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भारतमा कांग्रेसले व्यहोरेको हारबाट पाठ सिक्नुपर्ने बताएका छन् । कांग्रेसले कमजोरी सुधार गरेर अगाडि बढाउनु पर्ने र जनता चाहेको जस्तो कांग्रेस बनाउनुपर्ने बताए ।

राष्ट्रिय जागरण अभियान अन्तरगत दार्चुला आइपुगेका नेता पौडेलले कम्युनिस्टको सामना गर्न कांग्रेस पनि बलियो हुन आवश्यक रहेको बताए ।

हालै मात्र भारतको लोकसभा चुनावमा भारतीय जनता पार्टीसँग कांग्रेसले सुनाउँदै नेता पौडेलले त्यसबाट कांग्रेसले पनि शिक्षा लिनुपर्ने बताए ।

बरिष्ठ नेता पौडेलले स्थानीय तहमा नेतृत्व गर्ने कांग्रेसका नेता कार्यकर्ताहरुलाई पनि गल्ती नगर्न आग्रह गरे ।

कम्युनिस्ट सरकार लोकतान्त्रिक मूल्य मान्यता विपरित चलेको भन्दै उनले जनताले विकल्प खोज्ने बताए । ‘कम्युनिष्ट सरकारको विकल्प जनताहरुले खोजिरहेका छन्, त्यसको विकल्पका कांग्रेस जतिको बलियो दल अरु छैन’ नेता पौडेलले भने ।

नेकपा सरकारले केही गर्छ कि भनेर जनतालेसत्तामा पु¥याएको तर त्यसअनुसार काम गर्न नसकेको उनको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment