+
+
Shares

सुदूरपश्चिम भ्रमणमा रहेका पूर्वाधार विकासमन्त्री लम्साल बिरामी

गोठलापानीमा रहेको निवास हेरिटेज होटलमा बास बसेका उनी अहिले होटलमै आराम गरिरहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ३१ गते १५:३८

३१ साउन, धनगढी । सुदूरपश्चिम भ्रमणमा रहेका पूर्वाधार विकास मन्त्री सुनिल लम्साल बिरामी परेका छन् । शनिबार दार्चुला पुगेर बैतडीको गोठालापानी पुगेका मन्त्री लम्साललाई भाइरल ज्वरो र रुघाको संक्रमण देखिएको हो ।

भाइरलको संक्रमण देखिएपछि लम्साल गोठालापानीमै आराम गरिरहेका छन् । लम्सालको स्वास्थ्यमा समस्या देखिएपछि बिहान जिल्ला अस्पतालका एमडीजीपी डा. पविन उपाध्यायले उनको स्वास्थ्य चेकजाँच गरेका थिए ।

डा.उपाध्यायले मन्त्री लम्साललाई भाइरल ज्वरो र रुघाखोकीको सामान्य समस्या देखिएको जानकारी दिए ।

उनकाअनुसार मन्त्री लम्साललाई केही समय आराम गर्न सुझाव दिइएको छ ।

‘दौडधुप र मौसम परिवर्तनको कारणले पनि हुनसक्छ मन्त्रीज्युलाई समान्य भाइरल ज्वरो र रुघाखोकी देखिएको छ,’ डा.उपाध्यायले भने, ‘आत्तिनुपर्ने अवस्था होइन । दौडधुप र अनिन्द्राका कारण पनि हुुनसक्छ । आराम गर्न सुझाव दिएका छौँ ।’

मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलसहितका कर्मचारी समेत मन्त्रीको भ्रमण टोलीमा सहभागी छन् । मन्त्रीको स्वास्थ्यमा समस्या देखिएपछि अन्य कार्यक्रम प्रभावित भएका छन् ।

मन्त्री लम्सालले जिल्ला प्रशासन कार्यालयमा कार्यालय प्रमुखको बैठकमा सहभागी भएर बझाङ जाने कार्यक्रम थियो ।

तर आफैँ बिरामी परेपछि कार्यक्रम प्रभावित भएका छन् । विमानमार्फत शुक्रबार धनगढी पुगेका मन्त्री लम्सालले डोटीको बीपीनगर पुगेर धनगढी दिपायल द्रुत मार्गको अवलोकन गरेका थिए ।

त्यहाँबाट आफै गाडी चलाएर दार्चुलातिर लागेका थिए । दार्चुलामा उनले महाकाली करिडोर र जिल्ला अस्पतालको भौतिक संरचनाको अनुगमन निरीक्षण गरेका थिए ।

लम्साल शनिबार अबेर साँझ आफै गाडी चलाएर बैतडी सदरमुकाम पुगेका थिए । गोठलापानीमा रहेको निवास हेरिटेज होटलमा बास बसेका उनी अहिले होटलमै आराम गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?