+
+
Shares

सुदूरपश्चिममा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने नेकपाको निर्णय, मुख्यमन्त्रीलाई मार्ग प्रशस्त गर्न सुझाव

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३२ गते १५:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुदूरपश्चिम प्रदेशमा नेकपा संसदीय दलले आफ्नै नेतृत्वमा नयाँ सरकार गठन गर्ने पहल गर्ने औपचारिक निर्णय गरेको छ ।
  • संसदीय दलको बैठकले अल्पमतमा परेका मुख्यमन्त्री कमलबहादुर शाहलाई पदबाट मार्ग प्रशस्त गर्न अनुरोध गरेको छ ।
  • नेकपाले सरकारलाई तत्काल दीर्घकालीन महत्त्वका कुनै पनि निर्णय नगर्न सचेत गराएको छ ।

३२ असार, धनगढी । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश संसदीय दलले आफ्नै नेतृत्वमा नयाँ सरकार गठन गर्न पहल गर्ने निर्णय गरेको छ ।

प्रदेश संसदीय दलका नेता खगराज भट्टको अध्यक्षतामा बिहीबार बसेको बैठकले आफ्नै नेतृत्वमा सरकार गठन गर्न दलहरूसँग संवाद गर्न निर्णय गरेको हो ।

बैठकले एमालेले समर्थन फिर्ता लिएपछि अल्मलमा परेका मुख्यमन्त्री कमलबहादुर शाहलाई मार्ग प्रशस्त गर्न अनुरोध समेत गरेको छ ।

यस्तै नेकपाले सरकारलाई तत्काल दीर्घकालीन महत्त्वका निर्णय नगर्न पनि अनुरोध गरेको छ ।

बैठकले मुख्यमन्त्री कमलबहादुर शाहलाई मार्ग प्रशस्त गर्न अनुरोध गर्ने निर्णय पनि गरेको छ ।

सरकारले प्रदेश सभामा पेश गरेको अगामी आर्थिक वर्ष २०८३/८४ असार १ मा बजेटको विषयमा विवाद बढेपछि मुख्यमन्त्री शाहले एमालेका मन्त्रीहरूलाई बुधबार बर्खास्त गरेका थिए ।

मुख्यमन्त्रीले बर्खास्त गरेपछि बुधबार नै एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियोे ।

एमालेले समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका शाहले नेकपालाई बजेटमा सघाउन अनुरोध गरेका थिए तर नेकपाले भने यथास्थितिमा बजेट पारित गर्न सघाउन नसकिने जनाएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?