+
+
Shares
सुदूरपश्चिम :

एमालेको खर्च कटौती प्रस्तावपछि अप्ठ्यारोमा मुुख्यमन्त्री शाह, बोलाए संसदीय दलको बैठक

जनक विष्ट जनक विष्ट
२०८३ असार २८ गते १६:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले ल्याएको आगामी आर्थिक वर्षको बजेटमा सत्तारुढ दल एमालेका सांसदहरूले नै खर्च कटौतीको प्रस्ताव दर्ता गराएका छन्।
  • प्रतिपक्षी नेकपा माओवादी केन्द्रका सांसदहरूले समेत खर्च कटौतीको प्रस्ताव दर्ता गराएपछि मुख्यमन्त्री शाहले कांग्रेस संसदीय दलको बैठक बोलाई छलफल गरिरहनुभएको छ।
  • बजेट परिमार्जन नभए सरकारबाट बाहिरिने चेतावनी एमालेले दिएपछि मुख्यमन्त्री शाहले पार्टी केन्द्रको निर्देशनअनुसार आवश्यक निर्णय लिने बताउनुभएको छ।

२८ असार, धनगढी । सुदूरपश्चिम प्रदेशमा सत्तारुढ दल नेकपा एमालेले नै अगामी आर्थिक वर्षको बजेटमा कटौतीको प्रस्ताव दर्ता गराएपछि मुख्यमन्त्री कमलबहादुर शाह अप्ठ्यारोमा परेका छन् ।

शुक्रबार र शनिबार गरी एमालेका ६ जना सांसदले प्रदेश सभामा विषयगत मन्त्रालयअनुसार खर्च कटौतीको प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता गराएका छन् ।

संसदीय परम्परामा प्रतिपक्षी दलले दर्ता गराउने खर्च कटौतीको प्रस्ताव संसद्मा लैजाने अभ्यास छ तर सुदूरपश्चिममा सत्तारुढ दलले नै उक्त प्रस्ताव दर्ता गराएपछि मुख्यमन्त्री शाह अप्ठ्यारोमा परेका छन् ।

प्रमुख विपक्षी नेकपाबाट समेत खर्च कटौतीको प्रस्ताव दर्ता भएपछि शाहले आन्तरिक छलफलका लागि कांग्रेस संसदीय दलको बैठक बोलाएका छन् । धनगढीस्थित मुख्यमन्त्री शाहको सरकारी निवासमा दलको बैठक बसिरहेको छ ।

बैठकले पछिल्लो समय विकसित घटनाक्रमबारे निर्णय लिने स्रोतले जनाएको छ । खर्च कटौतीको प्रस्ताव दर्ता भएपछि एमाले संसदीय दलका नेता राजेन्द्र सिंह रावलसँग परामर्श गरेका शाहले प्रस्ताव लिन आग्रह गरेका थिए । प्रस्ताव फिर्ता नलिएमा सरकारबाट बाहिरिन भनेको स्रोत बताउँछ ।

तर शाहले पार्टी केन्द्रको निर्देशनका आधारमा कदम चाल्ने बताएका थिए । अगामी वर्ष २०८३/८४ को बजेटमा कांग्रेसकै सांसदहरुको चर्को असन्तुष्टि छ । एमाले संसदीय दलका नेता राजेन्द्र सिंह रावल, उपनेता सन्तोश शर्मा थापा, प्रमुख सचेतक चक्र मल्ल, सचेतक जानकी ऐर बम, सामाजिक विकास समिति सभापति धर्मराज पाठक र सांसद दमन भण्डारीले विषयगत मन्त्रालयअनुसार खर्च कटौती प्रस्ताव हालेका छन् ।

नेकपा संसदीय दलका नेता खगराज भट्ट र सांसद मानबहादुर धामीले पनि खर्च कटौतीको प्रस्ताव दर्ता गराएका छन् । एमालेले भने यथास्थितीमा बजेट पारित हुन नसक्ने भन्दै खर्च कटौतीको प्रस्तावबाट ब्याक नहुने दाबी गर्दै आएको छ ।

लेखक
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?