+
+
Shares

सुदूरपश्चिमका रास्वपा सांसदले प्रधानमन्त्रीलाई गराए निर्वाचन क्षेत्रको ब्रिफिङ

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १९ गते १५:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्रीले सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने रास्वपाका सांसदहरूसँग सिंहदरबारमा समसामयिक विकासका आयोजना र स्थानीय समस्याका विषयमा छलफल गर्नुभयो ।
  • सांसदहरूले सुशासनका क्षेत्रमा सरकारले गरेका कामको जानकारी संसद्मार्फत नागरिकलाई गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
  • सांसदहरूले गेटा विश्वविद्यालय सञ्चालन, छाडा चौपाया व्यवस्थापन, सडक पूर्वाधार र किसानका समस्याबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।

१९ साउन, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने रास्वपा सांसदहरूसँग छलफल गरेका छन् ।

सिंहदरबारमा भएको छलफलका क्रममा सांसदहरूले सरकारले सुशासनका क्षेत्रमा गरेका कामको जानकारी संसद्मार्फत जनतालाई जानकारी गराउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

साथै आफ्ना निर्वाचन क्षेत्रसँग सम्बन्धित विभिन्न विकास आयोजना तथा स्थानीय समस्याबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको सांसद जनकसिंह धामीले जानकारी दिए ।

सुदूरपश्चिमका समस्या, राजनीतिक अवस्था र सम्भावनाबारे प्रधानमन्त्रीलाई जानकारी गराएको उनले बताए ।

त्यस्तै सांसद केपी खनालले गेटा विश्वविद्यालय सञ्चालन, कैलाली र कञ्चनपुरका तराई क्षेत्रमा छाडा चौपाया व्यवस्थापन, धनगढी–खुटिया–दिपायल फास्ट र्ट्याक, विद्युतीकरण, सडक दुर्घटना न्यूनीकरण, तटबन्ध निर्माण लगायतका बिषयमा देखिएका समस्या बारे प्रधानमन्त्रीलाई अवगत गराइएको जानकारी दिए ।

साथै भन्सारसम्बन्धी समस्या, आरक्षपीडित, हुलाकी सडक, किसानका लागि धान खरिद–बिक्री तथा दोधारा–चाँदनी क्षेत्रमा नदी कटानका विषयमा पनि सांसदहरुले प्रधानमन्त्रीलाई अवगत गराइका थिए ।

छलफलमा ताराप्रसाद जोशी, खेमराज कोइराला, हरिमोहन भण्डारी, जनकसिंह धामी, कोमल ज्ञवाली, ज्ञानेन्द्र महता, जगत जोशी र केपी खनाललगायत सांसदहरूको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?