विराटनगर । विराटनगरमा आयोजित प्रदेशस्तरीय उपराष्ट्रपति चिल्डेन्स गेम्समा दुई समूहबीच कुटाकुट भएको छ । शुक्रबार प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले उद्घाटन गरेको प्रतियोगितामा रेफ्रीहरुबीच झगडा भएको हो ।
चिल्डेन्स गेम्समा पा“चवटा प्रतियोगिता समावेश गरिएको थियो । जसमध्ये तेक्वान्दो प्रतियोगिता सञ्चालन गर्ने विषयमा विवाद हु“दा राष्ट्रीय तेकन्दो संघ र नेपाल तेकन्दो संघका सदस्यबीच कुटाकुट भएको हो ।
झगढापछि राष्ट्रिय तेकन्दो संघले खेल छाडेको छ ।
प्रदेश खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगितामा नेपाल तेकन्दो संघले रेफ्री राख्ने विषयमा एकलौटी गरेको राष्ट्रिय तेकन्दो संघको आरोप छ । त्यही विवादका दुई पक्षबीच कुटाकुट भएको हो ।
राष्ट्रिय तेकन्दो संघका मोरङ संयोजक पितम्बर पौडेल संघले आफ्ना रेफ्रीहरुमाथि हातपात गरेको आरोप लगाए
प्रतिक्रिया 4