Comments Add Comment

मिडिया काउन्सिल विधेयक खारेजीको माग गर्दै नेविसंघको प्रर्दशन

१४ जेठ, काठमाडौं । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले मंगलबार सरकारविरुद्ध प्रदर्शन गरेको छ ।

संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयक प्रेस स्वतन्त्रता र संविधान विपरीत भएकोले खारेज गर्न माग गर्दै नेविसंघ सडक आन्दोलनमा उत्रिएको हो । नेविसंघ आबद्ध विद्यार्थीहरुले पुतलीसडक हुँदै बागबजारसम्म प्रर्दशन गरेका थिए ।

प्रेस, न्यायालय, विश्वविद्यालय सबैलाई आफ्नो नियन्त्रणमा लिएर कम्युनिस्ट नेतृत्वको सरकारले अधिनायकवाद लाद्न खोजेको भन्दै त्यसको विरुद्ध सडक आन्दोलनमा उत्रिनु परेको नेविसंघका नेता मोतीलाल भण्डारीले जानकारी दिए ।

उनले सरकारले विश्वविद्यालय, प्रेसलगायतका संस्थाहरुमाथि हस्तक्षेप हुने गरी ल्याइएका सबै विधेयकहरु फिर्ता नभए कडा संघर्षमा उत्रन बाध्य हुने उनले चेतावनी दिए ।

नेविसंघले मुलुकलाई शान्ति सुरक्षा दिन नसकेको, महंगी नियन्त्रण गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment