+
+
Shares

दिशा भन्छिन्–‘म टाइगरका लागि के–के गरौं ?’

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ १४ गते १५:१६

बलिउड नायक टाइगर श्राफ र नायिका दिशा पटानीको प्रेम खबर भारतीय मिडियाका लािग नयाँ होइन । तर, टाइगर दिशालाई सधै नै आफ्नो मिल्ने साथी मात्र बताउँदै आएका छन् । तर, दिशा भने टाइगरसँगको सम्बन्धलाई अर्को तहमा लैजान चाहन्छिन् ।

हालैमात्र एक भारतीय मिडियासँग कुरा गर्दै दिशाले भनेकी छिन्–‘टाइगर निकै नै स्लो मानिस हुन् । मैले उनलाई प्रभावित बनाउनका लागि के–के सम्म गरिनँ ? मैले जिम्नास्टिक सिकेँ, मैले चलचित्रमा आगोमाथि दौडने काम समेत गरेँ । तर, उनी अझै मबाट प्रभावित छैनन् । अब, भन्नुहोस् उनका लागि अझै म के गर्न सक्छु ?’

दिशाले अगाडि भनिन्–‘उनी निकै स्लो छन् । कोही एकजनाले यो मौनतालाई ब्रेक गरेर बोल्न आवश्यक छ । उनी मेरा मिल्ने साथी हुन्, तर अब म मिल्ने साथी भन्दा एक कदम माथि हुन चाहन्छु ।’ टाइगरले चलचित्र ‘स्टूडेन्ट अफ दि इयर’को प्रमोशनका क्रममा दिशालाई मिल्ने साथी भन्दै उनीसँगको सम्बन्धलाई स्लो तरिकाले अगाडि बढाउन चाहेको उल्लेख गरेका थिए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?