+
+
Shares

‘स्थायी राष्ट्रसेवकबाट रिजल्ट आइरहेको छैन्’

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ १४ गते १९:१५

१४ जेठ, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले गेटमा बसेर कर्मचारीहरुले ‘मुख हेरिदिनुस् है’ भन्ने गरेको बताएका छन् ।

मंगलबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथि संशोधन दर्ता गरेका संसोधनकर्ता सांसदहरुसंग छलफल थियो ।

संशोधनकर्ताहरुले उठाएका प्रश्न तथा जिज्ञासाको जवाफ दिनेक्रममा सामान्य प्रशासनमन्त्री पण्डितले कर्मचारीहरुमा पनि भनसुन गर्ने गराउने समस्या रहेको बताएका हुन् । ‘एकातिर स्थायी राष्ट्रसेवकबाट रिजल्ट आइरहेको छैन् । यसले गर्दा करार र खुलालाई प्राथमिकता दिनुपर्ने देखिएको छ । अर्कोतर्फ हाम्रैतर्फ के छ भने, …म अहिले आउँदा यहि समिति (राज्य ब्यवस्था तथा शुसासन समिति) कै गेटमा बसेर हाम्रो मुख हेरिदिनुस है भन्नुभयो । यस्ता कुरा बिभिन्न ठाउँमा उठाउनुभएको छ ,’ मन्त्री पण्डितले भने ।

छलफलमा सांसदहरुले करारमा कर्मचारी नियुक्त गर्न हुने र नहुनेमा आफ्ना तर्क प्रस्तुत गरेका थिए । त्यसको जवाफमा मन्त्री पण्डितले कर्मचारी नियुक्तिका लागि करार र लोकसेवा आयोग दुबैबाट जानुपर्नेमा जोड दिए ।

हालको कर्मचारीतन्त्रबाट अपेक्षित परिणाम आउन नसकेको उनको भनाइ थियो । ‘स्थायी राष्ट्रसेवकबाट उचित रिजल्ट आइरहेको छैन । हामी परिणाममुखी सेवा कसरी बनाउने भन्नेमा चिन्तित छौं । त्यसकारण करार र ब्यूरोक्रेसी दुबैतर्फबाट अगाडि जानुपर्ने हुन्छ ।’ मन्त्री पण्डितले अगाडि भने ।

मन्त्री पण्डितले समायोजनमा गएका कर्मचारीहरुको वृत्ति-विकास नरोकियोस भन्नेमा पनि सरकार सचेत उल्लेख गर्दै सोहीअनुसार अन्तरप्रदेश र अन्तरसेवामा प्रतिस्प्रधा गर्न पाउने ब्यवस्था गरिएको बताए ।

विधेयकले संघीय निजामती सेवाका स्थायी कर्मचारी, प्रदेश निजामती वा स्थानीय सेवामा समायोजन भएका कर्मचारी तथा यो ऐन प्रारम्भ भएपछि प्रदेश निजामती सेवा वा स्थानीय सेवामा स्थायी नियक्ति भएका कर्मचारी ५० वर्ष उमेर पूरा नभएसम्म खुला प्रतियोगितामा उम्मेदवार हुन सक्ने भनेको छ ।

यसअघि खुला प्रतिस्प्रधामा उमेरको हदबन्दी थिएन । तर, उमेरको हदबन्दी नराख्दा केही दिन मात्रै सेवा अवधी बाँकी रहँदा समेत खुला प्रतिस्प्रधामा नाम निकाल्ने प्रवृति रहेकाले नयाँ ब्यवस्था प्रस्ताव गरिएको मन्त्री पण्डितले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?