+
+
Shares

राजमार्गमा जहाज उतार्ने योजना बजेटमा पनि

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ १५ गते १७:४६

१५ जेठ, काठमाडौं । सरकारले राजमार्गमा हवाइजहाज अवतरण गराउने योजनालाई बजेटमा समावेश गरेको छ । नीति तथा कार्यक्रममा सरकारले पहिलो पटक यो अवधारणालाई अघि सारेको थियो ।

आकस्मिक अवस्थामा राजमार्गको दायाँ-बाँयाको भाग खाली गराई जहाज अवतरण गराउन सक्ने गरी व्यवस्था मिलाइने घोषणा अर्थमन्त्री डा युवराज खतिवडाले गरे ।

यसका लागि सम्भाब्यता अध्ययन गरिने उनले उल्लेख गरेका छन् । सरकारले बनाउने सबै सडकहरु दुई लेनको बनाउने र सम्भाब्यताका आधारमा राजमार्गमा आकस्मिक हवाई अवतरण गर्न सक्ने व्यवस्था मिलाउने उनको भनाइ छ । तर, विज्ञहरु यस प्रकारको सम्भावना नेपालमा नदेखिएको बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?