Comments Add Comment

हेटौंडामा २० महिनादेखि भारतीय लगानीको उद्योग अवैधरुपमा सञ्चालन

१६ जेठ, हेटौंडा । हेटौंडा औद्योगिक क्षेत्रमा रहेको आरएम केमिकल्स नेपाल प्रालिले उद्योग विभागको अनुमति विना २० महिना अवैध रुपमा साबुन र सरफ उत्पादन गरेको खुलासा भएको छ ।

भारतीय लगानीको आरएम केमीकल्स २०७२ साल असोज २० गते कम्पनी रजिष्टारको कार्यालयमा कम्पनीको रुपमा दर्ता भएको थियो । उद्योग संचालनका लागि उद्योग विभागमा अनिवार्य दर्ता गर्नुपर्ने कानुनी प्राबधान विपरीत उद्योगले २० महिना उत्पादन गरेको पाइएको छ ।

कम्पनी रजिष्टारको कार्यालयबाट लिइएको प्रमाणपत्रमा समेत इजाजत लिनुपर्ने निकायबाट स्विकृती लिएर मात्र उद्योग सञ्चालन गर्नुपर्ने उल्लेख छ ।

यस्तै उद्योग विभागले बैदेसिक लगानी स्विकृतीका लागि दिइएको प्रमाणपत्रमा समेत इजाजत लिनुपर्ने उल्लेख छ ।

०७४ असारमा हेटौंडा औद्योगिक क्षेत्रमा जग्गा प्राप्तिका लागि निवेदन दिएको उद्येगले असोज ६ गत जग्गा सम्झौता गरेको थियो ।

३ महिनाभित्र कागजात बुझाउने शर्तमा जग्गा सम्झौता गरेपनि उद्योगले हालसम्म दर्ताको प्रमाणपत्र र वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन नबुझाएको बताइएको छ ।

कार्यालयले गत चैत २७ गते कागजात बुझाउन पत्र काटे पनि उद्योगले बेवास्ता गरेको हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख राजेन्द्र कंडेलले बताए ।

उद्योगले २०७६ वैशाख १२ गते मात्रै उद्योग दर्ताको प्रमाणपत्र प्राप्त गरेको छ । तर, प्रमाणपत्रमै उल्लेख भए अनुसार उद्योग स्थापना, सञ्चालन, व्यवसायिक उत्पादन वा कारोबार प्रारम्भ गर्नु पूर्व नियमानुसार वातावरणीय प्रभाव मूल्यांकन आईईई गर्नुपर्ने कानूनी प्रावधान पूरा गरेको छैन ।

उद्योगले २० महिना कानूनी प्रक्रिया पूरा नगरी उत्पादन गरेपनि नियमन गर्नुपर्ने निकाय बेखबर रह्यो । उद्योगका महाप्रवन्धक जनार्दन खरातले आफूहरुले कानुनी प्रक्रिया अनुसार नै काम गरेको दावि गरेका छन् ।

यसअघि नेशनल सोप इण्डष्ट्रिजले संचालन गरिरहेको उद्योग खरिद गरी २०१७ नोभेम्बरदेखि उत्पादन गरेको खरातले दवी गरे । साबुन, सरफ र तेल उत्पादन गर्ने उद्योगमा एकसय २४ जना मजदुर कर्मचारी कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment