Comments Add Comment

मेरीनका उत्पादक सामग्री नेपालमा

१६ जेठ, काठमाडौं । मेरीनका उत्पादक सामग्रीलाई नेपालमा सेवा दिने उद्देश्यले भोल्भो पेन्टाले नेपालको एक्सप्लोर अर्थ मुभर्स प्रालिसँग सहकार्य गरी आधिकारीक रुपमा सेवा सञ्चालन गरेको छ । नेपालको विकास तथा प्रबर्द्धन गर्नको लागि यसले एउटा सफल तथा भरपर्दो सहयोगीको रुपमा स्थापित गरेको छ । जसले नेपालका विभिन्न क्षेत्रमा सेवा सुविधा उपलब्ध गराउन सहयोग पुग्नेछ ।

भोल्भो पेन्टा भारतका प्रमुख तथा उपाध्यक्ष माईरोन थोमसको भनाई अनुसार भोल्भो ब्राण्ड एउटा प्रतिष्ठित कम्पनी हो, जसले पूर्ण रुपमा सदैब सहयोग गर्ने अपेक्षा राख्छ ।

‘नेपालमा सम्पूर्ण रुपमा ग्राहकलाई सेवा तथा हौसला प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं ।’ उनले भने ।

एक्सप्लोर अर्थ मुभर्स प्रालिद्वारा सम्पूर्ण सेवाहरु काठमाडौंबाट सञ्चालन हुनेछन् भने भोल्भो पेन्टाका सबै पार्टस् तथा सर्भिस ललितपुरबाट उपलब्ध हुनेछन् । कम्पनीले यसका शाखाका रुपमा छिट्टै देशका अन्य भागमा बिस्तार गर्ने योजना छ ।

पञ्चकन्या ग्रुपको एक्सप्लोर अर्थ मुभर्स एउटा भोल्भो निर्माणका उपकरणको आयातगर्ने डिलरको रुपमा स्थापित कम्पनी हो । जसले विभिन्न किसिमका निर्माण व्यवसायका क्षेत्रमा योगदान पुर्‍याउदै आएको छ ।

एक्सप्लोर अर्थ मुभर्स प्रालिका प्रबन्धनिर्देशक सुशील श्रेष्ठको भनाई अनुसार विश्वको प्रशिद्ध कम्पनी भोल्भो पेन्टासँग आबद्ध भएकोमा खुशी तथा गौरवान्वित महशुस हुन्छ ।

‘अब हामी मेरीनका उत्पादक सामग्रीलाई नेपालको विकासमा सम्पूर्ण रुपमा सहयोग तथा सेवाउपलब्ध गराउने अपेक्षा गर्दछौं,’ उनले भने ।

भोल्भो पेन्टा विभिन्न निर्माणका उपकरणहरु निर्यात गर्दछ । यसका साथै कृषिका यान्त्रिक सामग्री, निर्माणका उपकरण, उर्जा उत्पादनका सामग्री, जहाजका उपकरणहरु तथा विभिन्न निर्माणका उपकरणको उत्पादन गर्छ । भोल्भो पेन्टा पनि एबि भोल्भो ग्रुपको भाग हो, जसले लाखौ इकाईहरु विश्वका १३० देशमा ३५०० भन्दा बढी डिलरका रुपमा सेवा प्रदान गर्दै आएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment