+
+

चितवनका सीडीओ भन्छन् : रंगशाला निर्माणमा अवरोध गर्नेलाई दबाबमा छाड्दिन

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ १७ गते २:००

१६, जेठ, चितवन । निर्माणाधीन अन्र्तराष्ट्रिय क्रिकेट रंंगशालाको बार भत्काउने दोषीलाई राजनीतिक दवावमा नछाड्ने चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताएका छन् ।

स्थानीय केही व्यक्तिले डोजर लगाएर रंगशालाको बार भत्काएपछि बिहीबार आयोजित सर्वपक्षीय बैठकमा प्रजिअ बस्नेतले कुनै हालतमा पनि दोषीले छुटकारा नपाउने बताए ।

आक्रोशित मुद्रामा प्रस्तुत भएका प्रजिअ बस्नेतले भने, ‘मेरो सरुवा होस्, ग्रेड रोक्का होस्, मेरो जागिर जाओस् तर यस घटना दोषीहरुलाई कुनै पनि हालतमा छाड्दिन, कुनै पनि राजनीतिक दवावका अगाडि झुक्दिन ।’

उनले अघि भने ‘मैले सरकारी वकिलसँग पनि यो बारेमा छलफल गर्छु, के कसरी अधिकतम कारबाही गर्न सकिन्छ म त्यसमा लाग्छु ।’

देशकै महत्वपूर्ण मानिएको उक्त रंगशाला निर्माणमा केही निहित स्वार्थीहरुले विथोल्ने प्रयास गरेको भन्दै यस्ता प्रवृतिहरुलाई निरुत्साहित गरिने उनले बताए । प्रजिअ बस्नेतले घटनाका दिनमा प्रशासनका तर्फबाट केही कमजोरी भएको अनुभूति भएको भन्दै अबका दिनमा यस्ता गल्ती नहुने प्रतिवद्धता जनाए । कामको सुरक्षादेखि लिएर

त्यहाँका कर्मचारी र अन्य सबैको सुरक्षामा आवश्यक जनशक्ति खटाइने प्रजिअ बस्नेतको भनाइ छ ।

यसैबीच, वुधबार विहान रंगशालाको बार भत्काउने र धुर्मस सुन्तली फाउण्डेशनका कर्मचारीलाई धम्की दिने कामको नेपाली कांग्रेस चितवनले विरोध गरेको छ ।

कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले विज्ञप्ति जारी गरी रंगशालाको निर्माणलाई रोक्ने काम कहिँ कतैबाट पनि हुन नहुने भन्दै दोषी माथि कारबाहीको माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?