Comments Add Comment

हवाई चप्पल लगाएर हिँड्ने मोदीका मन्त्री

१७ जेठ, काठमाडौं । २३ मे अगाडि प्रताप षडंगीलाई ओडिशा बाहिर शायद कसैले चिन्थे । तर, पछिल्लो साता उनी भारतमा सबैभन्दा चर्चित अनुहारमध्येमा परे ।

भेषभुषाले राजनेता कम, सन्यासी धेरै लाग्ने बालेश्वरबाट निर्वाचित षडंगीले बिहीबार साँझ राष्ट्रपति भवनमा राज्यमन्त्रीको सपथ लिँदा सुनिएको तालीको गड्गडाहट्ले पनि उनको लोकप्रियता चुलिएको अनुमान लगाउन सकिन्छ ।

६४ वर्षीय षडंगीको सादगी जीवनको बयान गर्दै उनको तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । गम्छा बेरेर घर बाहिर नाला छेउमा नुहाइरहेको वा साइकल तथा अटो रिक्सामा चुनाव प्रचार गर्दै गरेको वा मन्दिर बाहिर साधना गरिरहेको तस्वीर सामाजिक सञ्जालमा छाएको छ ।

षडंगीले ओडिशामा बजरंग दलको अध्यक्षको रुपमा समेत काम गरेका थिए । त्यसअघि राज्यमा विश्व हिन्दू परिषद्का एक वरिष्ठ सदस्य थिए ।

बालेश्वरबाछ चुनिएका भाजपा सांसद् मदन मोहन दत्त भन्छन्, ‘हामी प्रधानमन्त्री नरेन्द्र मोदीप्रति अभार प्रकट गर्छौं । प्रताप नना (षडंगीलाई बोलाउने नाम) जस्ता समाजका लागि समर्पित एक सच्चा कार्यकर्तालाई मन्त्रीमण्डलमा स्थान दिएका छन् । भाजपा कार्यकर्ता मात्र होइन, पूरै बालेश्वर आज खुसी मनाइरहेको छ ।’

बालेश्वर जिल्लाको नीलगिरी क्षेत्रबाट दुईपटक विधायक भइरहेका षडंगी आज पनि आफ्नो गाउँ गोपीनाथपुरमा एक कच्ची घरमा बस्छन् । उनी आमासँग बस्दै आएका थिए । गत वर्ष आमाको निधन भएपछि षडंगी एक्लो भएका छन् ।

सेतो कुर्था पाइजामा, हवाई चप्पल र काँधमा कपडाको झोला भिरेर हिँड्ने उनलाई भुवनेश्वरका मानिसहरु सडकमा हिँडिरहेको, रेल्वे स्टेशनमा ट्रेन कुरिरहेको वा सडक किनारका होटलमा खाना खाँदै गरेको अवस्थामा भेटिन्थे ।

२००४ देखि २०१४ सम्म जब उनी विधायक थिए, त्यसबेला पनि उनको जीवन शैलीमा यही थियो र आज पनि छ । मोदी सरकारमा राज्य मन्त्री बन्दा पनि उनको जीवनशैली नफेरिने अनुमान छ ।

यो पटक षडंगीलाई बोलेश्वर लोकसभा क्षेत्रमा चुनाव जित्न सजिलो थिएन । चुनावी मैदानमा उनको प्रतिस्पर्धा प्रदेश कांग्रेस अध्यक्ष निरंगन पटनायकका छोरा नवन्योती र पछिल्लो पटक उनलाई १ लाख ४२ हजार भोटले हराउने बीजेडीका रवीन्द्र जेना थिए । दुवै उम्मेदवार करोडपति थिए । दुवैको प्रचार त्यसरी नै भएको थियो ।

उनी भने छत हटाएको थोत्रो अटो रिक्सामा उभिएर चुनाव प्रचार गर्थे । तर, अटोरिक्साकै जित भयो । प्रतात षडंगीले १२ हजार भोटले जेनालाई हराए ।

बीबीसी हिन्दीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment