+
+
Shares

असोज ३ मा ‘लभ डायरिज, सरौतो र घामद शेरे’

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ १७ गते १३:११

असोज ३ गतेको डेटलाई यो बर्ष निर्माताले विशेष रुपमा हेरेको देखिएको छ । दशैंको छेकोमा चलचित्र रिलिज गर्दा दशैसम्म दर्शक हलमा आउँछन् र दशैंको बिदासम्म चलचित्र चल्ने भएको सोचका साथ निर्माताले धमाधम चलचित्रको रिलिज तय गरेका छन् ।

असोज ३ लाई प्रदर्शन मिति सुरुमा चलचित्र ‘लभ डायरिज’को निर्माण टिमले तोकेको हो । सुशिल श्रेष्ठ, रुबिना थापाको मुख्य भूमिका रहेको यो चलचित्रलाई सौरभ चौधरीले निर्देशन गरेका हुन् । लभ स्टोरी जनराको यो चलचित्रमा नायक श्रेष्ठ विदेशमा बसेर विग्रिएको एक यूवाको भूमिकामा छन् । निर्माण भएको केही बर्ष वितिसक्दा पनि यो चलचित्रको निर्माण टिमले प्रदर्शन मिति तय गर्न सकेको थिएन ।

यो मितिमा हरि हुमागाँइको डेब्यू निर्देशनमा बनेको चलचित्र ‘सरौतो’ले पनि प्रदर्शन मिति तय गरेको छ । एक्सन थ्रिलर कथामा निर्माण भएको यो चलचित्रमा सुमी मोक्तान, सन्नी सिंह लगायतका कलाकारको मुख्य भूमिका छ । यो चलचित्रमा दर्शकले सुमीलाई एक्सन अवतारमा देख्न पाउनेछन् । असोज ३ लाई यो चलचित्रले केही दिन अगाडि मात्र प्रदर्शन मिति तय गरेको थियो ।

यस्तै, यही मितिमा नै अर्को चलचित्र ‘घामद शेरे’ पनि आउने चर्चा छ । हेमराज वीसीको निर्देशनमा तयार भएको यो चलचित्रमा निश्चल बस्नेत र स्वस्तिमा खड्काको मुख्य भूमिका छ । चलचित्रको टिम छायांकन सकेर केही दिन अगाडि मात्र काठमाणडै फर्किएको थियो । चलचित्रको बिषयमा निर्माण टिमले कुनै जानकारी दिएको छैन ।

यसरी, असोज ३ लाई एकपछि अर्को चलचित्रका निर्माताले प्रदर्शन मिति तय गरेका छन् । यसले, तिनै निर्मातालाई समस्यामा पार्ने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?