Comments Add Comment

अर्जेन्टिनाका लागि उपाधि जितेर मात्र सन्यास लिन चाहन्छन् मेस्सी

काठमाडौं । कोपा अमेरिकाको तयारीमा रहेका अर्जेन्टिनी स्टार लिओनल मेस्सीले सन्यास लिनु अघि कुनै उपाधि जित्ने आश व्यक्त गरेका छन् ।

मेस्सी छिट्टै सन्यास लिने सोचमा छन् । उनले भनेका छन्, ‘म अर्जेन्टिनाका लागि केही जितेर सन्यास लिन चाहन्छु । जितका लागि म प्रयासरत छु ।’

एक अन्तर्वार्तामा उनले अर्जेन्टिनाका लागि खेल्दा बाल्यकालमा जतिकै खुसी हुने बताएका छन् ।

बार्सिलोनाबाट व्यवसायिक फुटबल खेल्ने मेस्सीले च्याम्पियन्स लिगको सेमिफाइनलमा लिभरपुलसँग व्यहोरेको हार अझै भुल्न सकेका छैनन् । उनले भनेका छन्, ‘हामीले मुर्खतापूर्ण गल्ती ग¥यौं र उनीहरुको टिम इच्छाशक्ति र मनोभावमा हामी भन्दा अगाडि रहे ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment