
१७ जेठ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण समारोहमा सहभागी भएर शुक्रबार साँझ स्वदेश फर्किएका छन् ।
नवनिर्वाचित भारतीय प्रधानमन्त्री मोदीको सपथ ग्रहणमा सहभागी हुन प्रधानमन्त्री ओली विहीबार दिल्ली गएका थिए । मोदीको सपथमा पाकिस्तानबाहेक साना छिमेकी देश सरकार प्रमुखहरुलाई निम्त्याइएको थियो ।
प्रधानममन्त्री ओली र भारतीय समकक्षी मोदीवीच शुक्रबार बिहान द्वीपक्षीय भेटवार्ता भएको थियो । भेटका अवसरमा प्रधानमन्त्री ओलीले मोदीलाई रुद्राक्षको माला उपहार दिएका थिए ।
स्वदेश फर्कने क्रममा विमानस्थलमा प्रधानमन्त्री ओलीले सधैंजस्तो विशिष्ट कक्षमा पत्रकारहरुलाई कुनै प्रतिक्रिया दिएनन् । उनी पत्रकारहरुसँग नबोली बालुवाटारतर्फ लागे ।
तस्वीरहरु : विकास श्रेष्ठ/अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4