+

श्रीलंका १३६ रनमा अलआउट

२०७६ जेठ  १८ गते १७:४९ २०७६ जेठ १८ गते १७:४९
श्रीलंका १३६ रनमा अलआउट

काठमाडौं । विश्वकप क्रिकेटमा न्यूजिल्याण्डले श्रीलंकालाई १३६ रनमा अलआउट गरेको छ ।

कार्डिफमा टस हारेर ब्याटिङ गरेको श्रीलंकाको सुरुवात निकै खराब रह्यो । मात्र चार रन जोड्दा लाहिरु थिरिमानेलाई गुमाएको श्रीलंकाले २९.२ ओभरमा १३६ रन बनाउँदा सबै विकेट गुमायो । उसका लागि कप्तान दिमुथ करुणारत्नेले अविजित ५२ रन बनाए पनि अरु ब्याट्सम्यान चल्न सकेनन् ।

उसलाई सस्तैमा समेट्ने क्रममा म्याट हेनरी र लोकी फर्गुसनले समान ३–३ विकेट लिए ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय