Comments Add Comment

अमेरिकाको भर्जिनियामा गोली चल्यो, ११ जनाको मृत्यु

१८ जेठ, काठमाडौं । अमेरिकाको भर्जिनिया राज्यमा अन्दाधुन्द गोली प्रहार हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ । एक प्रहरीसहित ६ जना घाइते भएका छन् ।

यो घटना एक सरकारी कार्यालयमा भएको हो । भर्जिनिया बीच म्युनिसपल सेन्टरको एक कर्मचारीले आफ्नो कार्यकक्षमा अन्दाधुन्द गोली चलाउँदा ११ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

आक्रमणकारीको पहिचान भने सार्वजनिक गरिएको छैन । ती आक्रमणकारीको पनि मृत्यु भएको बताइएको छ ।

यो घटना शुक्रबार स्थानीय समयअनुसार अपराह्न ४ बजेपछि भएको हो ।

भर्जिनियाका गभर्नर राल्फ नार्थमले भर्जिनिया बीच र पूरै कमनवेल्थका लागि त्रासदीपूर्ण दिन भनेका छन् ।

यसैगरी भर्जिनिया बीचका मेयर बबी डायरले यस घटनालाई इतिहासकै सबैभन्दा डरलाग्दो दिन भनेका छन् ।

अमेरिकी मिडियाहरुका अनुसार घटनास्थलमा एफबीआईको टोली पुगेर अनुसन्धान सुरु गरेको छ ।

गोलीबारीको घटनाको रेकर्ड राख्दै आएको अमेरिकी वेबसाइट गन भ्वाइलेन्सका अनुसार अमेरिकामा यसै वर्ष मास सुटिङको यो १५० औं घटना हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment