Comments Add Comment

‘कागजको टिकटमा व्यापार गर्ने भ्रष्ट हुन्’: मन्त्री बाँस्कोटा

शनिबार सर्लाहीको लालबन्दीमा रहेको बिणा चलचित्र मन्दिरबाट मोफसलमा बक्स अफिसको सुरुवात भएको छ । सूचना तथा संचार प्रविधी मन्त्री गोकुल प्रसाद बाँस्कोटाले अनलाइन टिकेटिङ्ग प्रिन्ट गर्दै मोफसलमा बक्स अफिसको औपचारिक सुरुवात गरे ।

कार्यक्रममा बोल्दै मन्त्री बाँस्कोटाले पहिला कागजमा टिकट काटाएर चलचित्र देखाउनेहरु भ्रष्टचारी भएको बताए । उनले भने–‘कागजको खोस्टोलाई टिकट बनाएर व्यापार गर्नेहरु भनेको सामाजिक भ्रष्टचारीहरु हुन् । त्यो भ्रष्टचारलाई निर्मुल पार्नको लागि पनि हामीले प्रविधि रोज्यौ र बक्स अफिसको सुरुवात गरेका छौ ।’ बक्स अफिस त्यस्तै भ्रष्ट मानसिकता भएकाहरु माथिको तिखो प्रहार भएको पनि मन्त्री बाँस्कोटाको भनाई छ ।

बक्स अफिसको सुरुवातसँगै अब हलवालाले मात्र पैसा कमाउने प्रवृतिको अन्त्य हुने बाँस्कोटाले बताए । उनले भने–‘यहाँ हलवाला मालामाल, निर्माता ऋणमा र कलाकारले पारिश्रमिक नपाउने अवस्था थियो । अबको दिनमा बक्स अफिस लागू भएपछि निर्माताले पनि पैसा पाउने छन् र कलाकारले पनि ।’

यो क्षेत्रको व्यवसायिक शुद्धताको लागि तथा यो क्षेत्रलाई उद्योगका रुपमा स्थापित गराउनको लागि पनि बक्स अफिसको सुरुवात गरिएको मन्त्री बाँस्कोटाको भनाई थियो । यदि हलवालाहरुले यसलाई वेवास्था गरे उनीहरुमाथि अप्रिय कारबाही हुने उनको चेतावनी थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment