+

पल्सर स्पोर्टस अवार्ड : पिपुल्स च्वाइसमा सन्दीप र सावित्रासँगै ५ खेलाडी

२०७६ जेठ  १९ गते १४:३१ २०७६ जेठ १९ गते १४:३१
पल्सर स्पोर्टस अवार्ड : पिपुल्स च्वाइसमा सन्दीप र सावित्रासँगै ५ खेलाडी

१९ जेठ, काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष प्रदान गर्दै आएको स्पोर्टस अवार्ड अन्तर्गत यसवर्ष पिपुल्स च्वाइस अवार्डका लागि ५ खेलाडी मनोनित गरेको छ ।

जसमा क्रिकेटर सन्दीप लामिछाने, भलिबलकी रेश्मा भण्डारी, ब्याटमिन्टनका प्रिन्स दाहाल, शारीरिक सुगठनका महेश्वर महर्जन र फुटबलकी सावित्रा भण्डारी रहेका छन् ।

पत्रकार मञ्चका सचिव गोविन्द रेग्मीको संयोजकत्वमा रहेको समितिले मनोनयमा पाँच खेलाडी छानेका हुन् । जसलाई एसएमएस र फेसबुक लाइकमार्फत भोट गर्न सकिने छ । यसरी एसएमएस र फेसबुक लाइकमार्फत आएको भोटसँगै खेल संघका मुख्य प्रशिक्षकले पनि उनीहरुलाई मत दिने छन् ।

मन पर्ने खेलाडीलाई भोट गर्न मोबाइल एमएमएसमार्फत ३७७२२ नम्बरमा म्यासेज गर्न सकिने व्यवस्था गरिएको छ । जसका लागि म्यासेज बक्समा गएर अंग्रजीमा पल्सर टाईप गरेर एक स्पेस छाडि र खेलाडीको कोड नम्बर र नाम टाइप गरेर ३७७२२ मा पठाउनु पर्नेछ ।

जस्तो सन्दीपको कोड अंग्रजी अक्षर SL रहेको छ । Pulsar लेखेर स्पेस छाडी SL लेखेर ३७७२२ मा पठाउन सकिने छ । यस्तै रेश्माको कोड RB, प्रिन्सको कोड PD, सावित्राको SB, महेश्वरको MM रहेको छ ।

भोटिङ आज १२ बजेदेखि असार १६ गते राति १२ बजेसम्म गर्न सकिने छ । विजेताको घोषणा आउँदो असार १७ गते आयोजना हुने पल्सर स्पोट्र्स अवार्डको अवसरमा प्रदान गरिने अयोजकले जनाएको छ ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय