Comments Add Comment

मुख्यमन्त्री पोखरेल अर्को महिना चीन जाने

२० जेठ, काठमाडौं । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल चीन भ्रमणमा जाने भएका छन् ।

पोखरेलले असार २५ देखि साउन १ गतेसम्म चीनको भ्रमण गर्ने भएका हुन् । मुख्यमन्त्रीको भ्रमणलाई सोमबार बसेको मन्त्रिपरिषद वैठकले स्वीकृत गरी संघीय सरकारलाई जानकारी गराउने निर्णय गरेको छ ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा पोखरेल चीन जान लागेको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले बताए ।

भ्रमणका क्रममा मुख्यमन्त्रीले गरिबी निवारण तथा विकासबारे हुने कार्यक्रममा सहभागिता जनाउने छन् । भ्रमणले चीन तथा नेपालका शहरहरुबीचमा भगिनी सम्बन्ध विस्तार गर्न सहयोग पुग्ने प्रवक्ता चौधरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment