Comments Add Comment

भारतीय कम्युनिस्टको निष्कर्ष : साम्प्रदायिक ध्रुवीकरणले शिकार बनायो

२२ जेठ,काठमाडौं । कुनै बेला भारतको शोभियत संघ भनेर चिनिने पश्चिम बंगालमा यसपटक चुनावमा पत्तासाफ भएको भारतीय कम्युनिस्ट पार्टी मार्क्सवादीले ‘राम’को नाराले बामलाई सिध्याएको निष्कर्ष निकालेको छ ।

भाकपा मार्क्सवादीका महासचिव सीताराम येचुरीले तृणमूल कांग्रेस र भाजपाको चरम ध्रुवीकरणको शिकार आफूहरु हुनुपरेको बताएका छन् ।

२५ वर्षसम्म एकलौटी शासन गरेको माक्र्सवादीले यसपटकको चुनावमा पश्चिम बंगालका अधिकांश संसदीय सिटमा जमानत समेत जोगाउन सकेन । लोकसभा चुनावमा भएको यो पराजयलाई यचुरीले साम्प्रदायिक ध्रुवीकरणले गर्दा लोकतान्त्रिक र वामपन्थी शक्ति खुम्चिएको बताए ।

उनले बंगाली भाषामा भने–एबर रमा, पोरे वाम अर्थात यसपटक भोट रामलाई अर्कोपटक वामलाई । यसपालिको आम माहौलनै यस्तो बन्यो । यद्यपी हाम्रो पार्टीका कार्यकर्ता कसैले पनि बिजेपीलाई भोट हालेनन् तर मतदाताको ठूलो समूह जसले बिगतमा वामलाई भोट दिएका थिए यसपटक रामलाई दिए ।

पार्टीको राज्य कमिटी बैठकलाई सम्बोधन गर्दै येचुरीले धार्मिक एजेण्डामा जितेको बिजेपीको जित सधैं नरहने भन्दै अर्को चुनावमा वामपन्थीले जित्ने बताएको टाइम्स अफ इण्डियाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment