+
+
Shares

अंकितले जिते ‘मिस्टर नेपाल एसइइ’को उपाधि

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ २३ गते १०:३४

काठमाण्डौमा बुधबार आयोजना भएको ‘मिस्टर एन्ड मिस नेपाल एसइइ’को उपाधि अंकित सुवेदी र पायल गुरुङले जितेका छन् । एउटै मञ्चमा ‘मिस्टर एन्ड मिस नेपाल एसइइ’ आयोजना भएको थियो । ‘मिस्टर नेपाल एसइइ’को उपाधिसँगै अंकित सुवेदीले ३० हजार नगद पुरस्कार र ट्रफी समेत प्राप्त गरेका छन् । विजेता अंकतिले भने–‘यो मेरो लागि निकै नै खुशीको क्षण हो । यो उपाधिले मेरो करिअरलाई आगामी दिनमा निकै नै फाइदा हुनेछ ।’

यस्तै, ‘मिस्टर नेपाल एसइइ’को फस्ट रनरअप संजिव घिमिरे र सेकेन्ड रनरअप अवेश उराव भएका छन् । यस्तै, ‘मिस नेपाल एसइइ’को उपाधि जितेकी पायल गुरुङले पनि ३० हजार नगद र ट्रफी प्राप्त गरेकी छिन् । यस्तै, यो प्रतियोगीतामा फस्ट रनरअप दिया राई र सेकेन्ड रनरअप आकृती सदाशंकर भएकी छिन् ।

एसइइ दिएर बसेका किशोर–किशोरीको क्षमत अभिवृद्धी गर्न यो प्रतियोगीता आयोजना गरिएको आयोजकले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?