Comments Add Comment

संवैधानिक अराजकता भयो, लोकसेवाको भर्ना रोक्नुपर्छ : जनार्दन शर्मा

२४ जेठ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद जनार्दन शर्माले स्थानीय तहमा कर्मचारी माग गर्दै लोकसेवा आयोगको विज्ञापन संविधानविपरीत भएको बताएका छन् । यसलाई तत्काल स्थगित गर्न राज्य व्यवस्था तथा सुशासन समितिले निर्देशन दिनुपर्ने उनको माग छ ।

समितिको शुक्रबार बसेको बैठकमा पूर्व गृहमन्त्रीसमेत रहेका शर्माले यो विज्ञापनले संविधान मिचेको बताए । उनले भने, ‘संविधानमाथि नै प्रहार भयो । यसो भन्दा निर्णय गर्नेहरुलाई चित्त दुख्ला तर, विषय दुख्ने र नदुख्ने होइन ।’

लगातार संविधान मिच्दै अगाडि बढेको भन्दै उनले संवैधानिक अराजकताको स्थिति सृजना भएको बताए । ‘संवैधानिक आयोगकै विरोधमा आन्दोलन हुन थाल्यो । यही हो संवैधानिक अराजकता’, उनले भने, ‘यसले राष्ट्रलाई स्वत: संकटमा पर्छ ।’

संसदीय समितिले संविधान विरोध हरेक कुरामा छुट दिन नसक्ने भन्दै उनले विज्ञापन रोक्नुपर्ने बताए । समितिले संविधान विरोधी हुने भएकाले कर्मचारी भर्ना प्रक्रिया रोक्न र काम गर्न समस्या भए ओएनएम गरेर वा करारमा कर्मचारी राखेर काम गर्न भन्नुपर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment