Comments Add Comment

प्रहरीले भन्यो : चितवनमा रंगशाला निर्माणमा सुरक्षा अभाव छैन

२४, जेठ, चितवन । जिल्लामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सुरक्षाको अभाव नभएको प्रहरीले स्पष्ट पारेको छ ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी दीपेन्द्र शाहले असुरक्षाका कारण रंगशाला निर्माणको काम रोकिएको भन्नु गलत भएको बताए ।

रंगशालाको सुरक्षाका लागि सोही स्थानमा बेस रहने गरी हाललाई प्रहरी नायव निरीक्षकको कमाण्डमा २४ सै घण्टा प्रहरी टोली खटाइएको विज्ञप्तिमा उल्लेख छ । उनले जिल्ला प्रशासन कार्यालयलगायत जिल्ला स्थित सबै सुरक्षा निकायहरु समेतबाट निरन्तर अनुगमन र सुपरीवेक्षणको व्यवस्था मिलाइएको जानकारी दिए ।

प्रहरीले निर्माणधीन रंगशाला राज्यकै गौरव बोक्ने अन्तर्राष्ट्रियस्तरको भएकोले यसको निर्माणदेखि सञ्चालनसम्मको सम्पूर्ण कार्यमा सुरक्षाको पूर्ण प्रत्याभुति दिलाउने प्रतिवद्धता जनाएको छ ।

रंगशाला निर्माणमा शान्ति सुरक्षाको जिम्मेवारीलाई अवसर तथा प्रमुख दायित्वका रुपमा लिएको भन्दैं जारी विज्ञप्तिमा भनिएको छ, ‘जिल्ला प्रहरी कार्यालय चितवन अत्यन्त सजग र सचेत छ ।’ सुरक्षाका कारणले रंगशाला निर्माणको भविष्यप्रति प्रश्न उठाई घटनालाई अतिरञ्जित नगर्न पनि प्रहरीले अपिल गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment