Comments Add Comment

प्रधानमन्त्री युरोप जाँदा जनतालाई सास्ती

२५ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शनिबार झण्डै दुई साता लामो युरोप भ्रमणमा निस्किए । तर, प्रधानमन्त्रीको सवार विमान उड्ने समयमा घि आधा घण्टाभन्दा बढी त्रिभुवन विमानस्थलको उडान-अवतरण रोकियो ।

उडान मात्र रोकिएनन्, अवतरणका लागि आएका विमानहरु आकाशमै होल्ड भए । मस्कटबाट आएको ओमान एरको विमानले आकाशमै पुरा ४ चक्कर लगाउनुपर्‍यो । यसैगरी सारजहाबाट आएको एयर अरेबियाको विमानले पनि ३ चक्कर लगाएर होल्ड गर्‍यो । बैंगलोरबाट आएको नेपाल एयरलाइन्सको विमानले पनि चार चक्कर आकाशमै काटेपछि मात्रै अवतरण गर्न पायो । मेलेसियाबाट आएको मालिन्दो एयर पनि चार चक्कर लाइन्जेल आकाशै घुमिरह्यो ।

भीभीआईपी उडानका समयममा सँधै आधादेखि एक घण्टा उडान अवतरण बन्द गर्ने गरिएको छ । यसले गर्दा हरेक समयम एयर ट्राफिकको समस्या रहेको त्रिभुवन विमानस्थलललाई उडान अवतरण व्यवस्थापन गर्न निकै सकस हुने गरेको छ ।

धेरै बेर आकाशमा विमान होल्ड हुँदा यात्रुहरुमा मनोवैज्ञानिक त्रास उत्पन्न हुने गरेको छ ।

यसैपनि बेलकीको सयममा त्रिभुवन विमानस्थलमा विमानको अत्याधिक चाप हुन्छ । यही समयममा उडान र अवतरण रोकिएपछि बेलुकी १० बजे विमानस्थल बन्द गर्न पनि समस्या पर्ने गरेको छ । यसले गर्दा धावनमार्ग मर्मतको काममा पनि असर पर्छ ।

सर्वसाधारणलाई समस्या नपर्ने गरी भीभीआईपी उडानलाई व्यवस्थित गर्न नागरिक स्तरबाट पटक-पटक माग भएपनि अझै पनि बेवास्ता गर्ने गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment