Comments Add Comment

लयमा फर्कियो इंग्ल्याण्ड, बंगलादेशमाथि शानदार जित

काठमाडौं । पाकिस्तानसँग अप्रत्यासित हार व्यहोरेको इंग्ल्याण्ड लयमा फर्किएको छ र बंगलादेशमाथि १०६ रनको शानदार जित हात पारेको छ ।

विश्वकप क्रिकेट अन्तरगत शनिबार भएको खेलमा इंग्ल्याण्डले जेसन रोयको १५३ रनको मदतमा बंगलादेशलाई २८७ रनको विशाल लक्ष्य दिएको थियो ।

बंगलादेशले भने ४८.५ ओभरमा सबै विकेट गुमाएर २८० रन मात्र बनाउन सक्यो । मात्र ८ रन जोड्दा पहिलो विकेट गुमाएको बंगलादेशका लागि सकिब अल हसनले सम्हाले । उनले १२१ रनको पारी खेले ।

इंग्ल्याण्डका जोफ्रा आर्चर र बेन स्टोक्सले ३-३ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको घरेलु टोलीले ५० ओभरमा ६ विकेट गुमाएर ३८६ रन बनाएको थियो । उसको सुरुवात राम्रो रह्यो । रोय र जोनी बेयरस्टोले १२८ रनको साझेदारी गरे । जोनी ५१ रनमा आउट भए । जोस बट्लरले ६४ रनको वपारी खेल्दै विशाल स्कोर बनाउन मदत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment