Comments Add Comment

तराई–मधेस द्रुतमार्गका आयोजना प्रमुख फेरिए

२६ जेठ, काठमाडौं । नेपाली सेनाले तराई–मधेस द्रुतमार्गको आयोजना प्रमुख परिवर्तन गरेको छ ।

सैनिक मुख्यालयले आयोजना प्रमुखका रुपमा केही समयदेखि कार्यरत उपरथी योगेन्द्र खाँणलाई बदलेर उक्त स्थानमा नयाँ अनुहार ल्याएको हो ।

सैनिक  मुख्यालय स्रोतले आयोजना प्रमुखको जिम्मेवारी हेरफेर गर्ने निर्णय भएकाे जनाए  पनि त्यसको कारणबारे केही बताएको छैन ।

सैनिक मुख्यालयले खाँणको स्थानमा शरदलाल श्रेष्ठलाई जिम्वेवारी तोकेको छ । श्रेष्ठ नेपाली सेनाका प्राविधिक महासेनानी हुन् ।

तराई–मधेस द्रुतमार्ग राष्ट्रिय गौरवका आयोजनामध्ये एक हो । यसको निर्माण जिम्मा नेपाली सेनाले लिएको छ । उसले आर्थिक वर्ष ०७८/७९ मा काम सक्ने लक्ष्यका साथ आयोजनाको काम अघि बढाइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment