Comments Add Comment

त्रिशुलीमा रमाइलो र्‍याफ्टिङ

२६ जेठ, काठमाडौं । शनिबार नेपाल एशोसिएशन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा) को ३१ औं वार्षिक उत्सवको अवसरमा त्रिशुलीमा र्‍याफ्टिङ गरियो ।

त्रिशुली नदीमा आदमघाटदेखि मलेखुसम्म गरिएको र्‍याफ्टिङ गरिएको थियो । नेपालको पर्यटन क्षेत्रमा जल पर्यटनको विस्तार गर्ने उद्देश्यले नदीनालामा र्‍याफ्टिङ गरिएको अध्यक्ष निमबहादुर मगर बताउँछन् ।

एशोसिएसनले पर्यटन र वातावरणका लागि हाम्रो नदीको संरक्षण गरौं भन्ने नारा राखेको छ । पछिल्लो समय त्रिशुलीमा र्‍याफ्टिङ गर्ने क्रम बढेको छ । तर नदी फोहोर हुँदै गएकामा सरोकारवाला चिन्तित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment