+
+
Shares

डिएभीमा विज्ञान प्रदर्शनी

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ २६ गते १७:०४

डिएभी शुसिल केडिया कलेज तथा प्रविधि कलेजको संयोजनमा वृहत विज्ञान प्रदर्शनी भएको छ । कलेजमा अध्ययनरत विज्ञान संकायका विद्यार्थीहरुद्वारा निर्मित विभिन्न स्मार्ट होम, ड्रोन, ग्लाइडर साथै कृषि सँग सम्बन्धित विभिन्न बहुउपयोगी उपकरणहरुको प्रदर्शनी गरेका थिए ।

प्रदर्शनीमा विज्ञान तथा प्रविधिसँग अभिरुची राख्ने विद्यार्थीहरु तथा अभिभावकहरुको उपस्थिती रहेको थियो । प्रदर्शनी स्थलमा १८ वटा विज्ञान तथा प्रविधिसँग सम्बन्धित स्टलहरु र फुड स्टल रहेका थिए । सो प्रदर्शनी विहान ८ बजेदेखि बेलुका ५ बजेसम्म चलेको थियो । विद्यार्थी तथा अभिभावकको उत्साहजनक उपस्थिती भएकाले आगामी वर्षहरुमा अझ नयाँ उपकरणहरुको थप प्रदर्शनी र विद्यार्थीको सृजनशिलतालाई अझै प्रोत्साहन गर्ने एकेडेमिक डाइरेक्टर सुमन बस्नेतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?