Comments Add Comment

कलाकार संघको अध्यक्षमा रवीन्द्र विजयी

चलचित्र कलाकार संघको अध्यक्षमा रवीन्द्र खड्का विजयी भएका छन् । शनिबार सम्पन्न भएको चुनावको परिणामअनुसार रवीन्द्रले सरिता लामिछानेलाई ५७ मतान्तरले  हराएका  हन् । कूल खसेको ३८७  मत मध्ये रवीन्द्रले २१८ मत ल्याए भने सरिताले १६१ मत ल्याइन् ।

संघको उपाध्यक्षमा रेजिना उप्रेती २४३ मतका साथ विजयी भएकी छन् । उनी सर्वाधिक मत ल्याउने उम्मेदवार समेत बनिन् । अर्को उपाध्यक्ष पदमा सानुकुमार ताम्राकारले १७५ मत ल्याएर विजयी भएका छन् । महासचिव पदमा चेतबहादुर सिंहले १८७ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी संजय खतिवडाले १५६ मत ल्याए । सचिवमा पनाहा अधिकारीले १९४ मत ल्याएर विजयी हुँदा प्रतिस्पर्धी कविता गेलालले १६९ मत ल्याइन् ।

यस्तै सहकोषाध्यक्षमा पवित्रा आचार्यले २२० मत ल्याएर विजयी भइन् । उनका प्रतिस्पर्धी धनबहादुर बम्जनले १३३ मत ल्याए । यस्तै, १० जना सदस्यहरूमा शितल केसी, जयकिशन बस्नेत, गोपाल ढकाल, शारदा नेपाल, उद्धव भट्टराई, जीवन थापा, धर्मानन्द आचार्य, धनराज केसी, रोहित रुम्बा र पवनप्रसाद खतिवडा विजयी भएका छन्र ।

विजयी भएपछि अध्यक्ष रवीन्द्र खड्काले आफूले गरेका प्रतिवद्धताहरु पूरा गर्ने बताए । पराजित भएकी सरिता लामिछानेले चलचित्र कलाकार संघमा गैह्रकलाकार नआएको भन्दै रवीन्द्रलाई बधाई तथा शुभकामना व्यक्त गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment