+
+
Shares

८४ हजारले दिए कोरियन भाषा परीक्षा, असार १३ गते नतिजा

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ २६ गते १७:०९

२६ जेठ, काठमाडौं । रोजगार अनुमति प्रणाली ईपीएस अन्तरगतको कोरियन भाषा परीक्षामा ८४ हजार २ सय १५ जना सहभागी भएका छन् । ९२ हजार ३५६ जनाले आवेदन भरेका थिए । तर, ८ हजार १४१ जना अनुपस्थित रहेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

शनिबार १५६ जना परीक्षार्थी निष्कासित तथा पक्राउ भए । अरुको नाममा परीक्षा दिन आएहरुलाई नियन्त्रणमा लिइयो भने नियम विपरित परीक्षामा सहभागीहरु निष्कासित भएको विभागका महानिर्देशक भीष्मकुमार भुसालले जानकारी दिए ।

पक्राउ परेकामध्ये नक्कली परीक्षार्थीलाई सार्वजनिक मुद्दा चलाइनेछ । आगामी वर्षका लागि कोरियाले १० हजार ५० जना नेपाली कामदारको कोटा दिएको छ । परीक्षाको नतिजा नतिजा असार १३ गते प्रकाशित हुनेछ ।

यो परीक्षाबाट छानेर उत्पादनमुलक क्षेत्रमा ७ हजार ५० र कृषि क्षेत्रमा ३ हजार नेपाली लैजाने तयारी छ ।

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तरगत सन् २०२० को कोरियन भाषा परीक्षाको आवेदन फारम चैत ८ गतेबाट खुला भएको थियो । रोजगारीका लागि आकर्षक गन्तव्य भएका कारण धेरै आवेदन पर्ने गरेको छ ।

नेपालबाट सन् २००८ देखि ईपीएसमार्फत कामदार कोरिया जान थालेका हुन् । आकर्षक कमाइ हुने भएकाले कोरिया जान खोज्ने युवाको संख्या उच्च छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?