+
+
Shares

रुपन्देहीको देवदहमा युवकको हत्या, ५ जना पक्राउ

कपिल ज्ञवाली कपिल ज्ञवाली
२०७६ जेठ २६ गते १०:५९
Photo Credit : हत्या गरिएका २८ वर्षीय सुमन थापा

२६ जेठ , बुटवल । रुपन्देहीको देवदहमा गएराति एक युवकको हत्या भएको छ । देवदह नगरपालिका–८, विशालनगरका २८ वर्षीय सुमन थापाको हत्या भएको हो ।

कुटपिटबाट गम्भीर थापाको उपचारका क्रममा देवदह मेडिकल कलेज भलुहीमा मृत्यु भएको इलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी नायव उपरीक्षक डिलबहादुर मल्लले बताए ।

उनीमाथि साथीभाइले कुटपिट गरेको बताइएको छ । प्रहरी नायव उपरीक्षक मल्लका अनुसार, बेहोस अवस्थामा फेला परेका उनको निधार र छातीमा निलडाम भेटिएकाे थियाे  ।

प्रहरीले उनको हत्यामा संलग्नको आशंकामा ५ जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुलाई अहिले इलाका प्रहरी कार्यालय, बुटवल ल्याइएको छ ।

देवदह क्षेत्रमा यसअघि पनि युवासंघ, रुपन्देही अध्यक्ष दुर्गा तिवारी, युवा संघका कार्यकर्ता बलु पौडेल र तरुण दलका कार्यकर्ता अनिस पुरीको कुटपिट गरी हत्या भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?