+
+

चार देशमा राजदूत सिफारिस : अष्ट्रेलियामा दाहाल, स्पेनमा शेर्पा

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ २४ गते २०:२२

२४ जेठ, काठमाडौं । सरकारले चार देशका लागि राजदूत सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले अष्ट्रेलिया, स्पेन, कतार र बंगलादेशका लागि नेपाली राजदूत सिफारिस गरेको हो ।

अष्ट्रेलियाका लागि राजदूतमा महेशराज दाहाल, स्पेनका लागि आङफुटी शेर्पा, कतारका लागि राजदूतमा नारद भारद्वाज र बंगलादेशका लागि वंशीधर मिश्रलाई राजदूत सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए ।

लक्की शेर्पाले राजीनामा दिएपछि अष्ट्रेलियामा राजदूत पद रिक्त थियो । प्रस्तावित राजदूत दाहाल नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट मानिन्छ ।

यस्तै कतारका लागि राजदूत सिफारिस भएका भारद्वाज तत्कालीन एमालेका विदेश विभागका सदस्य थिए ।

स्पेनका लागि राजदूत सिफारिश भएकी शेर्पा पासाङ्ग ल्हामुकी छोरी एवं हेलिकोप्टर दुर्घटनामा निधन भएका व्यवसायी आङ्गछिरिङ शेर्पाकी भतिजि हुन् ।

त्यस्तै बंगलादेशका लागि राजदूत सिफारिश भएका मिश्र पूर्व स्वास्थ्य राज्यमन्त्री तथा नेकपाका नेता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?