Comments Add Comment

छिमेकी फसाउन ठूलीआमाले गरिन् छोरीको ‘बलात्कार’ !

२४ जेठ, काठमाडौं । नेपाली आहान नै छ, सौताको रिसले पोइको काख … । बारामा यस्तै भएको छ, पारिवारिक विवादमा छिमेकीलाई फराउन एक महिलाले दुई वर्षीया बालिकालाई ‘बलात्कार’ गरेकी छन् ।

घटना बाराको माइगढीमाई–१, तेगछिया टोलको हो । बिहीबार दिउँसो दुई वर्षीया बालिका आकृति (नाम परिवर्तन) विक्षिप्त अवस्थामा छिमेकीको घर अगाडि भेटिएकी थिइन् । बालिका बलात्कृत भएको खबरले गाउँभर फैलियो ।

बालिकाको परिवार र छिमेकीबीच लामो समयदेखि विवाद थियो । बेलाबेला दुई छिमेकी सार्वजनिक रुपमा गाली गलौजमा उत्रन्थे, अरु बेला बोलचाल बन्द ।

आकृति बलात्कार भएको घटनालाई पनि दुई परिवारबीच रहेको विवादसँग जोडेर हेरे । बालिकाका आफन्तले पनि छिमेकीमाथि शंका गर्दै जिल्ला प्रहरी कार्यालय, बारामा उजुरी दिए ।

प्रहरी अनुसन्धानका क्रममा घटना हुनुअघि बालिका आरोपित परिवारको घर अगाडि देखेको खुल्यो । त्यसैले प्रहरी शंका त्यहीँ परिवारका सदस्यमाथि गयो । प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान थाल्यो तर, कुनै प्रमाण हात लागेन ।

बालिकालाई उपचारका लागि कलैया अस्पताल लगिएको थियो । जब चेकजाँचका क्रममा चिकित्सकले बालिकाको योनीबाट कपडा निकाले, घटनामा नयाँ ट्वीस्ट आयो ।
‘बलात्कारीले यौनाङ्गमा कपडा किन कोच्यो भन्ने प्रश्न आयो र हामीले फरक कोणबाट अनुसन्धान थाल्यौं, अनुसन्धानमा खटिएका एक अधिकारी भन्छन् ।

त्यसपछि प्रहरीले बालिकी ठूलीआमा ४० वर्षीया कलावती देवी गिरीसँग पनि सोधपुछ गर्यो, जसले छिमेकीलाई आरोपित गर्दै उजुरी दिएकी थिइन् । लामो केरकारमा उनले बोली फेरिरहिन् । प्रहरीले अब उनीमाथि नै शंका गर्न थाल्यो ।

शुक्रबार उनले आफैंले पीडित बालिकाको यौनाङ्गमा कपडा घुसारेको स्वीकारेकी छन् । आफ्नो छिमेकीसँग लामो विवाद रहेको र उनलाई फराउन बालिकालाई उठाएर यस्तो हतर्क गरेको उनले बयान दिएकी छन् ।

‘हात बाँधेर कट्टु खोलिदिएँ मुखमा कपडा कोचे, यौनाङ्गमा पनि कपडाको टुक्रा कोचिदिएँ’, उनले बयान दिएकी छन्, ‘त्यसपछि छिमेकीको घरमा फ्यालेकी थिएँ ।’

मुलुकी अपराध संहिताले यस्तो हर्कतलाई पनि बलात्कार मान्छ । त्यसैले प्रहरीले जबरजस्तीकरणी र ज्यान मार्ने उद्योगमा उनीमाथि अनुसन्धान थालेको छ । ‘जिल्ला अदालतबाट ५ दिनको म्याद थप पनि भइसकेको छ’, बाराका प्रहरी प्रमुख एसपी सानुराम भट्टराईले भने, ‘अहिलेसम्म घटनामा कमलादेवीको मात्र संलग्नता देखिएको छ ।’

घटनामा अन्य व्यक्तिको संलग्नता रहेको वा नरहेको भन्ने चाहिँ विस्तृत अनुसन्धानपछि नै खुल्ने भट्टराईले बताए । छिमेकी भने हिरासतमुक्त भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment