Comments Add Comment

श्रीनिवास प्रकरण : गोली हान्नेले पाए सफाइ

२६ जेठ, विराटनगर । धर्मगुरु श्रीनिवास आचार्यमाथि गोली प्रहार गरेको आरोपमा पक्राउ परेका दुई जनाले सफाइ पाएका छन् । जिल्ला अदालत मोरङले माधव चौधरी र लक्ष्मीराज अधिकारीलाई सफाइ दिएको हो ।

२५ चैत २०७४ मा आचार्यमाथि विराटनगर १४ जतुवामा गोली प्रहार भएको थियो । हिन्दु राष्ट्र निर्माणका लागि आन्दोलन चर्काउन भन्दै आचार्यले आफैलाई गोली हान्न लगाएको बयान दुबैले दिएका थिए । प्रहरीका अनुसार २९ वर्षीय चौधरीले गोली हानेका थिए भने हतियार व्यवस्थापन लक्ष्मीराज अधिकारीले गरेका थिए ।

आचार्यकै सहयोगी भरतपुर महानगरपालिका– ४ का काले रोशन भनिने चौधरी, खान सन्तोष भनिने नवलपरासी गैडाकोटका अधिकारी पण्डित दुबै आचार्यका सहयोगी थिए ।

प्रहरीले २०७५ जेठ १३ गते जिल्ला अदालत मोरङमा लक्ष्मीराज अधिकारी, माधव चौधरी, समन ढुंगाना र चिरणप्रताप खड्कालाई ज्यान मार्ने उद्योगमा मुद्दा दायर गरेको थियो । चारै जना आचार्यका सहयोगी हुन् ।

तर न्यायाधीश दीपक खनालको इजलासले सबैलाई सफाइ दिएको छ । घाइतेले अपरिचित व्यक्तिले गोली हानेको बयान दिनुका साथै प्रतिवादीहरुले इन्कारी बयान दिएको लगायतका कारण दिँदै फैसलामा अभियोग पुष्टि नभएको उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment