+
+
Shares

मिडिया काउन्सिल विधेयकविरुद्ध पत्रकारको मानव साङ्ग्लो

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ २५ गते १७:०७

२४ जेठ, काठमाडौं । मिडिया काउन्सिल विधेयकको विरोधमा पत्रकारहरुले काठमाडौंमा मानव साङ्लो बनाएर प्रदर्शन गरेका छन् । नेपाल पत्रकार महासंघको आह्वानमा पत्रकारहरुले बबरमहलदेखि माइतीघरसम्म मानव साङ्लो बनाएका हुन् ।

आँखामा कालो पट्टी बाँधेका पत्रकारहरुले स्वतन्त्र प्रेसको पक्षमा नाराबाजी गरेका थिए । कार्यक्रममा पत्रकार महासंघका पुर्व पदाधिकारी, विभिन्न संचारगृहका सम्पादक, पत्रकारहरुको उल्लेख्य सहभागिता थियो ।

पत्रकार महासंघका पुर्वअध्यक्ष सुरेश आचार्यले पत्रकार महासंघ वार्ताका लागि तयार रहँदा पनि सरकारले वेवास्ता गरेको बताए । स्वतन्त्र प्रेसका लागि विगतमा पनि अन्तराष्ट्रिय मिडिया मिसन नेपाल आएको सन्र्दभ उल्लेख गर्दै उनले आवश्यक परे अहिले पनि बोलाइने ताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?