Comments Add Comment

मदिराले कलेजोलाई कसरी हानी गर्छ ?

शरीरभित्र यस्तो हुन्छ मदिराको असर

भुक्तभोगीहरु भन्छन्, थोरै मात्रामा मदिरा सेवन गर्नु स्वास्थ्यका लागि हानिकारक छैन । अझ के पनि भनिन्छ भने ‘नियन्त्रित मात्रामा मदिरा सेवन गर्दा केही स्वास्थ्य लाभ समेत मिल्छ ।’ के यो कुरा सत्य हो ? मदिराको पनि मात्रा हुन्छ ? नियन्त्रित मात्रामा पिउने मदिराले फाइदा गर्छ त ,

मानौ तपाईं हरेक साँझ एक लाज पेग अर्थात २ स्मल पेग -लगभग ६० एमएल) पिउनुहुन्छ । यति मदिरा सेवन गर्दा तपाईंको स्वास्थ्यमा कस्तो प्रभाव पार्छ ? त्यसले कलेजोमा कस्तो असर गर्छ ?

मदिराको असर कलेजोमा

हामीले पिएको कुनैपनि तरल पदार्थको प्रोसेसिङ कलेजोले गर्छ । मदिरा जब हाम्रो शरीरमा पुग्छ, तब कलोजेले यसको प्रोसेसिङ सुरु गर्छ । तर, कलेजोले एकै पटकमा धेरै मदिरा प्रोसेसिङ गर्न सक्दैन । जब जब तपाईं मदिराको मात्रा बढाउँदै जानुहुन्छ, त्यस अनुरुप कलेजोले प्रोसेसिङ गर्न सक्दैन । उक्त मदिरा पेट र सानो आन्द्रा हुँदै रगतमा घुलनसिल हुन पुग्छ । यसरी मदिरा मिसिएको रगत शरीरको अन्य अंगसम्म पुग्नुअघि कलेजोमा फिल्टर हुनुपर्ने हुन्छ ।

रगतमा घुलिएको यो रगत एक विशेष किसिमको इन्जाइम बन्न लाग्छ, जसलाई एसिडएल्डिहाइड भनिन्छ । यो इन्जाइमले तपाईंको कलेजोलाई नराम्ररी क्षति पुर्‍याउँछ । लामो समयसम्म धेरै मात्रामा मदिरा पिउने व्यक्तिको कलेजो विस्तारै विस्तारै खराब हुन थाल्छ । कलेजोले ६० देखि ७० प्रतिशतसम्म काम गर्न बन्द गरे भने व्यक्तिको जीवन समस्यामा पर्छ । र, उनलाई कुनै किसिमको गंभिर रोग लाग्न सक्छ ।

मदिरा पिएको कति समयमा कलेजो खराब हुन्छ ?

तपाईं मदिरा पिउनुहुन्न, तर ढुक्क हुने अवस्था छैन । अहिले तपाईं हामीले गर्ने खानपान निकै विषाक्त भइसकेको छ । त्यसमा अनेक किसिमको मिसावट, वोसो र केमिकल घुलिएको छ, जसले कलेजोलाई असर गर्छ । यद्यपी त्यो भन्दा चाडो असर चाहि मदिराले गर्छ । जब तपाईं मदिरा पिउन थाल्नुहुन्छ, कलेजो खराब हुन सुरु गर्छ ।

पहिलो चरण

यदि तपाईं पहिलो सप्ताह ४ दिनमा ९० एमएल भन्दा बढी मदिरा पिउनुहुन्छ, यो अत्याधिक हो । यसरी धेरै मदिरा सेवन गर्दा सबैभन्दा पहिला कलेजो आसपासमा फ्याट जम्मा हुन थाल्छ । यसको कारण फ्याटी लिभरको समस्या हुन्छ । यदि कुनै व्यक्तिले यही चरणमा मदिरा पिउन छाडेमा उनको कलेजो क्रमस सुधार हुँदै आउँछ ।

दोस्रो चरण

दोस्रो चरणमा मान्छे अल्कोहलिक हेवपाटाइटिस हुन्छ । यस चरणमा पनि यदि मान्छेले लगातार मदिरा सेवन गरिरहेमा उनको कलेजो सुन्नि थाल्छ । त्यसपछि क्रमस कलेजो ड्यामेज हुन थाल्छ । कुनैबेला यो समस्या निकै जटिल बन्छ र मान्छेको ज्यान नै जाने खतरा पनि रहन्छ । तर, यही चरणबाट मदिरा सेवन गर्न चटक्कै छाडेमा संभावित जोखिमबाट बच्न सकिन्छ ।

तेस्रो तथा अन्तिम चरण

तेस्रो अर्थात अन्तिम चरणमा व्यक्तिलाई लिभर सिरोसिस हुन्छ । यसको अर्थ हो, कलेजो जुन सेल्सले बनेको हुन्छ, त्यो मृत्त हुँदै जानु । त्यसपछि कलेजोको कार्यसंचालनमा समस्या आउन थाल्छ । हेभी डि्रंक गर्नुहुन्छ र यो क्रम निरन्तर दश बर्षदेखि चलिरहेको छ भने तपाईंलाई लिभर सिरोसिस हुने खतरा अत्याधिक रहन्छ । यस चरणमा पुगेपछि मान्छेको मृत्यु निश्चित छ ।

कलेजो मात्र होइन, अरु अंगामा पनि क्षति

यदि दिनहुँ एक लार्ज पेग मदिरा पिउनुहुन्छ भने त्यसले तपाईंको कलेजो मात्र खराब गर्दैन । अन्य अंगमा पनि समस्या निम्त्याउँछ । त्यसमा प्याक्रियाटाइटिस, डिप्रेसन, प्रजनन क्षमतामा कमी, उच्च रक्तचाप, मुख र कलेजोको क्यान्स, मोटोपन, स्नायु प्रणालीमा असर, स्ट्रोक आदि हुनसक्छ ।

के दिनहुँ एक पेग (६० एमएल) मदिरा सुरक्षित छ ?

थोरै मात्रामा वा नियन्त्रित मात्रामा मदिरा सेवन गर्दा कुनै असर गर्दैन भन्ने तर्क वैज्ञानिक छैन । यो मनगढन्ते तर्क हो । किनभने चाहे थोरै होस् वा धेरै, मदिराको सोझो असर कलेजोमा पर्छ ।

यदि तपाईं थोरै मात्रामा मदिरा सेवन गर्नुहुन्छ भने त्यसको असर अलि लामो समयमा देखिनेछ । यदि धेरै पिउनुहुन्छ भने त्यसको असर तुरुन्तै वा चाडै देखिनेछ ।

सत्य त के भने यदि तपाईं स्वास्थ्य रहन चाहनुहुन्छ भने मदिरा सेवन गर्नै हुन्न । जतिसुकै होस्, मदिराले हानी गर्छ ।

मदिरा सेवन नगरेर मात्र पनि पुग्दैन, अस्वस्थ्यकर खानपानले पनि तपाईंको कलेजोलाई उत्तिनै नोक्सान पुर्‍याउँछ । त्यसैले मदिरासँगै अस्वस्थ्यकर खानेकुरा पनि त्याग्नुहोस् ।

बेलामौकामा वा त्यस्तै संयोगमा एक, दुई सानो पेग मदिरा सेवन गर्नु त्यती धेरै हानिकारक नहोला । यो भनेको बर्षमा एकाध पटक मात्र हो । अन्याथा तपाईंलाई मदिराले नष्ट नै गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment