Comments Add Comment

बिजयश्वरीको हत्यामा संलग्न रमन अधिकारी १९ वर्षपछि पक्राउ

जेठ २७, काठमाडौं । भक्तपुरको कटुञ्जेकी बिजयश्वरी प्रजापतिको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ । हत्यामा संलग्न पर्साको सुवर्णपुरका रमन अधिकारीलाई १९ वर्षपछि प्रहरीले आइतबार रुपन्देहीको सिद्धार्थ नगरपालिका-१ बेलहियाबाट प्रकाउ गरेको हो ।

पक्राउ परेका अधिकारी घरेलु कामदारका रुपमा बिजयश्वरीकै घरमा थिए । बिजयश्वरीका श्रीमान तुल्सीभक्त प्रजापतिले पर्सामा डीएफओ हुँदा अधिकारी करार कर्मचारी थिए ।

तुल्सीभक्त सरुवा भएर मध्यामाञ्चल क्षेत्रीय वन कार्यालय हेटौंडामा गएपछि अधिकारीलाई आफ्नो घरमा कामदारका रुपमा लिएका थिए । उनै अधिकारीले २०५७ असार ८ गते घरमै बिजयश्वरीको हत्या गरेर फरार भएका थिए ।

घटना हुनभन्दा केही दिनअघिदेखि केही रकम मागेको तर नपाएपछि अधिकारीले बिजयश्वरीको हत्या गरी भारतमा लुकिछिपी बसेको प्रहरीको भनँइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment