Comments Add Comment

निर्यात अनुदान पाउने सूचीमा जुत्ता चप्पल पनि थपिए

२८ जेठ, काठमाडौं । सरकारले नेपाली जुत्ता चप्पललाई पनि निर्यातमा अनुदान दिने भएको छ । निर्यातमा अनुदान प्रदान गर्ने सम्बन्धी कार्याविधि २०७५ को पहिलो संंशोधनमा यस्तो व्यवस्था गरिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

कार्याविधिको अनुसूची २ अन्तर्गत निर्यातमा अनुदान प्राप्त गर्ने वस्तुहरुको सूचीमा फुटवेयर समावेश भएको हो । तर कार्यविधि संशोधनपछि ‘तीन प्रतिशत अनुदान’ भन्ने वाक्यांश पनि अनुसूचीबाट हटाइएको छ ।

यस्तै अनुसूची १ को निर्यात वस्तु ‘मिनरल वाटर र बेसार’ शब्दलाई पनि संशोधन गरिएको छ । यसअघि मिनरल वाटर रहेकोमा त्यसलाई संशोधन गरेर प्रशोधित मिनरल वाटर बनाइएको छ भने ‘परिर्वत्य विदेशी मुद्रामा तेस्रो मुलुक निर्यात गरेमा’ भन्ने शब्द हटाएर प्रशोधित वेसार बनाइएको छ ।

यसअघि २ प्रतिशत हाराहारी रहेको निर्यातमा दिँदै आएको नगद अनुदानको सीमा सरकारले गत पुसमा बढाएर पाँच प्रतिशतसम्म पु‍¥याएको थियो ।

चुलिँदो ब्यापारघाटा न्यूनीकरण र स्वदेशी उत्पादन वृद्धि गर्न अनुदानको सीमा बढाइएको सरकारी दाबी छ ।

शतप्रतिशत स्वदेशी कच्चा पदार्थमा आधारित भई उत्पादन गर्नुपर्ने वस्तुहरु प्रशोधित चिया, प्रशोधित कफी, हस्तकला र काष्ठकलाका वस्तु, प्रशोधित छाला (क्रस्ट) र छालाजन्य उत्पादनहरू, हातेकागज तथा सोबाट उत्पादित सामान, प्रशोधित पत्थर तथा पत्थरजडित गरगहना, अल्लोबाट उत्पादित सामानहरू, मिनरल वाटर, बेसार, तरकारी, पुष्प, प्रशोधित मह, प्रशोधित अलैंची, प्रशोधित अदुवा (सुठो, स्लाइडिङ, तेल र पाउडरलगायत) र प्रशोधित जडीबुटी तथा सारयुक्त तेलमा पाँच प्रतिशत अनुदान प्रदान गरिने कार्यविधिमा उल्लेख छ ।

स्वदेशमा उत्पादित कपडा, तयारी पोसाक, गलैंचा र ऊनीका सामान, च्याङ्ग्रा पस्मिना तथा सोबाट उत्पादित सामान, स्वदेशी प्रशोधित जुट तथा जुटका उत्पादन, सुनचाँदीका गरगहना, स्वदेशी अर्धप्रशोधित छाला, औषधि, फेल्ट (ऊनीजन्य) का वस्तु, पोलिस्टर तामाका सामान (हस्तकलाका सामान, पूजाआजाका सामान, सजावटका सामान तथा अन्य भाँडाकुँडा) निर्यातमा अनुदान प्राप्त गर्ने वस्तुहरु हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment