Comments Add Comment

खरको छाना मुक्त गर्दै रत्ननगर, विपन्नलाई जस्तापाता

२८ जेठ, चितवन । पूर्वी चितवनको रत्ननगर नगरपालिकाले नगरलाई खरको छानोमुक्त बनाउन नगरभित्रका विपन्न समुदायलाई जस्तापाता वितरण सुरु गरेको छ । आर्थिक अभावका कारण झुपडीमा बस्न बाध्य नगरवासीहरुलाई नगरपालिकाले निशुल्क जस्तापाता वितरण सुरु गरेको हो ।

नगरभित्र रहेका १६ वटै वडाका खरको छाना भएका बिपन्नहरुलाई जस्ता पाता सहयोग गर्ने अभियान सुरु गरिएको नगरपालिकाका मेयर मेयर नारायण वनले जानकारी दिए ।  ‘हामी खुसी बाढ्दै छौं’ जस्ता वितरण गर्दै उनले भने ‘नगर क्षेत्रभित्रका झुपडीमा टिनका छाना हाल्छौं, नगरपालिकाले यसलाई प्राथमिकतामा राखेको छ ।’

नगरभित्र २ सय ७५ घरको छाना खरको रहेको उनले बताए । यस बर्ष १ सय ४७ घरलाई जस्ता पाता वितरण गरिने र बाँकी १ सय २८ घरलाई आगामी बर्ष वितरण गरिने उनले जानकारी दिए । चालु बर्षमा जस्तापाता वितरण गर्न करिब २४ लाख रुपैयाँ खर्च हुने उनले बताए ।

मंगलबार नगरपालिकाले वडा नंं १४ लौरिघोल सुकुम्बासी बस्ती कि सरिता सुनार र वडा नंं १६ खैरेटीका बुद्धबहादुर कुमालको घरमै पुगी सहयोग गरेको थियो । नगरपालिकाले बिपन्न बस्तीमा शौचालय नभएका नगरबासी सबैलाई शौचालय बनाउन आवश्यक सामाग्री निशुल्क उपलब्ध गराउने योजना रहेको मेयर वनले बताए ।

साथै उनले गरिबीका कारण बालश्रममा रहेका परिवारका लागि आयआर्जनका लागि बाख्रा वितरण र बालबालिका हरुलाई पढ्ने ब्यबस्था समेत मिलाइएको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment