Comments Add Comment

यसरी बित्यो प्रधानमन्त्री ओली बेलायत भ्रमणको दोस्रो दिन

२९ जेठ,  लण्डन। बेलायत भ्रमणको दोश्रो दिन प्रधानमन्त्री केपी शर्मा ओली दिनभरि व्यस्त रहे।मंगलबार बिहान उनले ब्रिटिश राजकुमार ह्यारीसँग भेट गरे। भेटघाटमा उनले नेपालमा भूकम्पपछि सन् २०१६ मा पुनर्निर्माणको काममा सघाएकोमा राजकुमार ह्यारीको प्रशंसा गरेका थिए। त्यस पछि टेन डाउनिंग स्ट्रिट पुगेका ओलीले ब्रिटिश प्रधानमन्त्री टेरेसा मेसँग छोटो कुराकानी गरे।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले वार्तामा यसपटक प्रविधि हस्तान्तरण र लगानीका क्षेत्रमा सहयोगमा जोड दिइएको बताए । बैठकमा प्रधानमन्त्री ओलीले भूतपूर्व गोर्खा सैनिकहरुको मागबारे ध्यान दिन ब्रिटिश प्रधानमन्त्रीलाई आग्रह गरेका थिए। जवाफमा बेलायती प्रधानमन्त्री मेले आफ्ना उत्तराधिकारीलाई यसबारे जानकारी गराउने बताएकी थिइन्।

मंगलबार दिउँसो प्रधानमन्त्री ओलीले ब्रिटिश संसदमा गएर अल पार्टी पार्लियामेंटरी ग्रुप अन नेपालका सदस्यहरुसँग भेट गरेका थिए। त्यसपछि उनले मध्य लन्डनस्थित बीबीसीको मुख्यालय पुगेर प्रत्यक्ष अन्तर्वार्ता दिएका थिए।

यसअघि मंगलबार बिहान उनले लन्डनस्थित नेपाली दूतावासमा भूतपूर्व गोर्खा सैनिक अगुवाहरु, एनआरएन अगुवाहरु, ब्रिटेन नेपाल च्याम्बर अफ कमर्स,नेप्लिज डेमोक्र्यातिक फोरम युके, रोयल बोटेनिक गार्डेन एडिनबराका प्रतिनिधिहरुलाई छुट्टाछुट्टै भेटेका थिए।

गैर आवासीय नेपाली संघ युकेको एक प्रतिनिधिमण्डलले प्रधानमन्त्री ओलीलाई उनले नेपालको प्रजातान्त्रिक आन्दोलनमा पुराएको योगदानको कदर गर्दै बेलायतवासी नेपालीहरुको तर्फबाटनागरिक अभिनन्दन गर्यो । सो कार्यक्रममा एनआरएन आइसीसीका  उपाध्यक्ष कुल आचार्यले हाल संसदमाविचाराधीन नागरिकतासम्बन्धी विधेयकमा रहेको गैरआवासीय नेपाली नागरिकताको प्रावधान छिटो, छरितो र झन्झटमुक्त बनाउन आग्रह गरे।

एनआरएन युकेका अध्यक्ष योगकुमार फगामीले ब्रिटिश सेनाबाट सेवानिवृत्त गोर्खा सैनिकहरुको समान पेन्सन लगायतका समस्या समाधान गर्न बेलायत सरकारसँग उच्चस्तरीय वार्ता टोली बनाउन पहल गर्न, गोर्खा सैनिकहरु त्रिपक्षीय सन्धि अनुसार बेलायत आएको हुँदा उहाँहरुको नागरिकताको विषयलाई अलग ढंगले सम्बोधन गर्न आग्रह गरे।

त्यस्तै उनले  गैरआवासीय नेपाली नागरिकता विदेशस्थित नेपालीदूतावासबाट  वितरण हुने व्यवस्था मिलाउनर “भिजिट नेपाल इएर २०२०” कोप्रवर्द्धन गर्न जति सक्दो चाँडो  नेपाल वायु सेवा निगमको लन्डन-काठमाडौँ  सिधा उडानको व्यवस्था मिलाउन पनि माग गरे।

उक्त समारोहमा एनआरएन युकेले प्रधानमन्त्री लगायत भ्रमण टोलीका सम्पूर्ण सदस्यहरुलाई मायाको चिनोस्वरुप एनआरएन युकेको ब्याच लगाइदिएको थियो।

तस्बिर :- द रोयल फ्यामिली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment