Comments Add Comment

विश्वकप क्रिकेटमा आज न्युजिल्यान्ड र भारत प्रतिस्पर्धा गर्दै

३० जेठ, काठमाडौं । विश्वकप क्रिकेटमा आज न्युजिल्यान्डले भारतसँग प्रतिस्पर्धा गर्दैछ ।

इंग्ल्यान्डको ट्रेन्ट ब्रिजमा भारत र न्युजिल्यान्डबीचको खेल नेपाली समयअनुसार दिउँसो ३ बजेर १५ मिनेटमा हुँदैछ । उच्च लयमा रहेका दुवैै टिमबीच आज प्रतिस्पर्धा हुँदा नतिजा कुन टिमको पक्षमा जाला ?

अंक तालिकाको शीर्ष स्थानमा रहेको न्युजिल्यान्ड लगातार चौथो खेलमा जित हात पार्ने लक्ष्यमा हुनेछ । यसअघि भएको तीनै खेलमा न्युजिल्यान्डले जित हात पारेको छ । आफ्नो पहिलो खेलमा श्रीलंकालाई १० विकेटले पराजित गरेको थियो ।

त्यस्तै, आफ्नो दोस्रो खेलमा बंगलादेशलाई दुई विकेटले पराजित गरेको न्युजिल्यान्डले तेस्रो खेलमा भने अफगानिस्तानलाई सात विकेटले पराजित गरेको थियो ।

यता भारत भने तेस्रो जितको खोजिमा हुनेछ । यसअघि आफ्नो पहिलो खेलमा भारतले दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गरेको थियो । त्यस्तै, आफ्नो दोस्रो खेलमा भारतले बलियो प्रतिद्वन्द्वी अष्ट्रेलियालाई ३६ रनले पराजित गरेको थियो ।

न्युजिल्यान्डको ब्याटिङ निकै बलियो छ । त्यतिकै बलियो बलिङ पनि छ । मार्टिन गुप्टिल र कोलिन मुनरो ओपनिङमा आउँदा भारतीय बलरलाई आउट गर्न निकै सकस पर्नेछ । त्यस्तै, तेस्रो नम्बरमा कप्तान केन विलियम्सन, चौथो नम्बरमा रोस टायलर र पाँचौंमा टोम लाथमले ब्याटिङ गर्दै न्युजिल्यान्डको मिडिल अर्डर धान्ने छन् । त्यस्तै, जेम्स निशाम, कोलिन डे ग्रान्डहोम र मिचेल साट्नर जस्ता अलराउण्डरले न्युजिल्यान्डको फिनिसिङ लाइन सम्हाल्ने छन् ।

बलिङ पनि न्युजिल्यान्डको निकै बलियो छ ।

यता, भारत अहिलेसम्मकै सन्तुलित र बलियो टिम गनिएको छ । ब्याटिङ बलिङ उतिकै प्रभावकारी देखिन्छ । तर ओपनिङमा योपटक शिखर धवन हुने छैनन् । उनी चोटका कारण मैदान बाहिर नै अझै लामो समय बस्ने छन् । उनको स्थानमा ओपनिङमा रोहित शर्मालाई साथ दिन केएल राहुल हुनेछन् । त्यस्तै, तेस्रो नम्बरमा कप्तान विराट कोहली आउने छन् । भारतको मिडिल अर्डर निकै बलियो देखिन्छ । मेहन्द्रसिंह धोनी, हार्दिक पाण्ड्या, केदार जाधव, रविन्द्र जडेजा जस्ता खेलाडी छन् । बलिङतर्फ भने भारतका बलर निकै फर्ममा रहेका छन् ।

यसअघि विश्वकपको अभ्यास खेलमा भारत र न्युजिल्यान्डको भेट भएको थियो । त्यो खेलमा भने भारतको ब्याटिङ लाइन ध्वस्त नै भएको थियो । ३९.२ ओभरमा भारतले सबै विकेटको क्षतिमा १७९ रन मात्रै बनाउन सकेको थियो । सामान्य लक्ष्य पाएको न्युजिल्यान्डले ४ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । त्यही नतिजालाई दोहो¥याउने लक्ष्यमा न्युजिल्यान्ड रहेको छ । भारतभने त्यसको बदला लिन चाहन्छ ।

भारत टिम

विराट कोहली (कप्तान) रोहित शर्मा, युजभिन्द्र चाहाल, मेहन्द्रसिंह धोनी, केदार जाधव, कुलदीप यादव, मोहम्मद शामी, केएल राहुल, जस्प्रित बुमराह, शिखर धवन, रविन्द्र जडेजा, दिनेश कार्थिक, भुवनेश्वर कुमार, हार्दिक पाण्ड्या, विजय शंकर ।

न्युजिल्यान्ड टिम

केन विलियम्सन (कप्तान), मार्टिन गुप्टिल, कोलिन मुन्रो, हेनरी निकोलस, रस टेलर, टम लाथम, टम ब्लन्डेल, जिम्मी निशाम, कोलिन डे ग्रान्डहोम, मिचेल सान्टनर, टे«न्ट बोल्ट, टिम साउथी, माट हेनरी, लोकी फर्गुसन र इश सोधी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment