+
+
Shares

खेलाडीको चोटका कारण आत्तिनु पर्दैनः मोर्गान

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ ३२ गते १८:०४

शुक्रबार इयान मोर्गान र जेसन रोय चोटका कारण साउथह्याम्पटनको मैदान छाड्नुपर्‍यो । तर इग्ल्याण्डका कप्तान टिममा बढ्दो घाइते खेलाडीहरुको संख्याले कुनै उथलपुथल नहुने बताएका छन् ।

वेष्टइण्डिजविरुद्ध भएको खेलका क्रममा मोर्गानले मैदान छाड्नु परेको थियो । इंग्ल्याण्डले सहज जित हात पारेको उक्त खेलमा उनले ब्याटिङ गरेनन् ।

दुई जना बाहिर हुँदा मानिसहरुमा चिन्ता देखिएको तर धेरै आत्तिनु नपर्ने मोर्गानले बतँए । उनले भनेका छन्, ‘जब दुई खेलाडीले मैदान छाडे, मानिसहरुलाई चिन्ता भयो तर धेरै आत्तिन जरुरी छैन ।’

उनका अनुसार ४८ घन्टा दुई खेलाडीको अवस्थाबारे अध्ययन हुनेछ र एउटा निर्णयमा पुगिने । मोर्गान आफैं ढाडमा समस्या देखिएको छ । तर केही दिनमा नै ठीक हुनेमा आशावादी रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?